fbpx

बर्दियाका अभियन्ता मेघनाथ अधिकारीको निधन

बर्दियाका अभियन्ता मेघनाथ अधिकारीको निधन


चुरेकुञ्ज, गुलरिया । बर्दियाका समाजसेवी एवम् अभियन्ता मेघनाथ अधिकारीको निधन भएको छ । लामो समयदेखि पेटको रोगबाट पिडित अधिकारीको ७९ बर्षको उमेरमा गुलरिया स्थित निवासमा सोमबार निधन भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बर्दियाका पूर्व जिल्ला अध्यक्ष अधिकारी गुलरिया गाउँपंचायतका तत्कालिन सचिव हुन् । उनले जीवनको पूर्वाद्धमा जिल्लाको बिकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । बबई बहुमुखी क्याम्पसका संस्थापक, समी बृक्ष रोपण र पृथ्वी नारायण शाहको शालिक निर्माणका अभियन्ताका रुपमा अधिकारी परिचित छन् ।

अधिकारीको मंगलवार विहान स्थानिय मुक्तिनारायण (सरजु) भादाघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । अधिकारीको निधनले स्थानियहरु शोकमग्न एवम् स्तब्ध बनेका छन् ।

तपाइको मत