fbpx

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : केन्द्रिय कार्य समितिमा बर्दियाका ६ जनाको उम्मेद्वारी, कसले मार्छ बाजी ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : केन्द्रिय कार्य समितिमा बर्दियाका ६ जनाको उम्मेद्वारी, कसले मार्छ बाजी ?

चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत केन्द्रिय कार्यसमितिको निर्वाचनमा बर्दियाबाट ५ जनाले उम्मेदवारी दिएका छन् । पार्टीबाट केन्द्रिय सदस्यदेखि पूर्वमन्त्री भैसकेका पार्टीका नेताहरुले केन्द्रिय सह–महामन्त्री लगायत सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संघीय साँसद किशोरसिंह राठौर सह–महामन्त्रीमा उम्मेदवारी दिएका छन् । राठौर संस्थापन समूहबाट सह–महामन्त्री (खसआर्य) पदका बलिया उम्मेदवार हुन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत भैसकेका उनी संगठन विस्तार लगायत हकी नेताका रुपमा आफ्नो पहिचान बनाएका नेता हुन् ।

पूर्व सिंचाईमन्त्री संजयकुमार गौतमले (खुला) सदस्य पदमा संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका हुन् । बर्दियामा बामदेम गौतमको क्षेत्रबाट प्रत्यक्ष तर्फको संघीय निर्वाचन जितेर पहिचान बनाएका सांसद गौतम नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका निवर्तमान पार्टी सभापति हुन् । जनप्रेमी नेताका रुपमा स्थापित उनी इतर समूहमा बलियो पकड बनाएका छन् ।

पूर्व भूमिसुधार मन्त्री डाक्टर गोपाल दहित संस्थापन समूहबाट खुला सदस्य पदमा उम्मेदवारी दिएका छन् । विजय कुमार गच्छदारसँगै पार्टी समायोजनपछि केन्द्रिय सदस्य बनेका दहित संस्थापन समूहका नेता हुन् । उनीसँगै समायोजन भएका अर्का केन्द्रिय सदस्य एवम् पूर्व माननिय मंगलप्रसाद थारु पनि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । तर थारुको प्यानल भने खुलेको छैन । थारु स्वर्गीय राधाकृष्ण थारुका छोरा हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष एवम् पूर्व आमन्त्रित केन्द्रिय सदस्य महेन्द्र कुमार शर्मा संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेस केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै संस्थापन समूहबाट मुस्लिम महिला केन्द्रिय सदस्य पदमा जुवेदा खातुनको उम्मेदवारी परेको छ । उनी बर्दिया क्षेत्र नम्वर १ (क) प्रदेस सभा निर्वाचनकी प्रत्याशित उम्मेदवार हुन् । शर्मा लगायत बर्दियाका केन्द्रिय कार्यसमितिमा उम्मेदवारी दिएका सबै उम्मेदवारहरुले प्रचार प्रसारलाई तिव्र पारेको नेपाली काँग्रेस महासमिति सदस्य विजयदत्त देवकोटाले बताए ।

तपाइको मत