fbpx

मधुवन नगरपालिकालाई बालविवाह मुक्त पालिका बनाईंदै

मधुवन नगरपालिकालाई बालविवाह मुक्त पालिका बनाईंदै


मुरली गोडिया, गुलरिया । बर्दियाको मधुवन नगरपालिकालाई वि.स. २०८० साल भित्र बालविवाह मुक्त पालिका बनाइने भएको छ । पालिकामा संचालन गरिएको २ दिने बाल विवाह मुक्त अभियान संचालन निर्देशिका निर्माण कार्यशाला गोष्ठिमा पालिकालाई बालविवाह मुक्त बनाइने प्रतिबद्धता जनाइएको छ ।

नगरप्रमुख गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा संचालित कार्यशाला गोष्ठिमा पालिकालाई बाल विवाह मुक्त घोषणा गर्नका लागी पालिकाको बालविवाहको अवस्था, देखिएका चुनौती साथै घोषणा गर्नका लागी आवश्यक मापदण्ड र सुचकहरु बारे छलफल गरिएको थियो । पालिकाले बाल संरक्षण निति, कार्यविधि, बालविवाह विरुद्ध रणनैतिक योजना तयार गरिएको नगरप्रमुखले जानकारी दिनु भयो ।

प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब द्धारा संचालित बाल संरक्षण परियोजना अन्र्तगत संस्थाको अयोजना र मधुवन नगरापालिकाको समन्वयमा उक्त कार्यशाला गोष्ठि सम्पन्न भएको बाँके युनेस्को क्लब बर्दियाका परियोजना संयोजक इश्वर वि.क.ले जानकारी दिनु भयो । गोष्ठिमा नगर उपप्रमुख शभरानी थारु, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, स्थानिय सरकारका प्रतिनिधी, विषयगत शाखाका प्रमुख, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाइको मत