fbpx

महाकवि देवकोटा माध्यमिक विद्यालय व्यवस्थापन समितीको निर्वाचनमा शाहको प्यानल विजयी

महाकवि देवकोटा माध्यमिक विद्यालय व्यवस्थापन समितीको निर्वाचनमा शाहको प्यानल विजयी

मुरली गोडिया, गुलरिया । बर्दियाको गुलरिया ८ मा रहेको श्री महाकवि देवकोटा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितीको निर्वाचन सम्पन्न भएको छ । २ जना खुला पुरुष र २ जना महिला सदस्यका लागी भएको विद्यालय व्यवस्थापन समिती सदस्य छनौट निर्वाचनमा शाहवुद्दिन शाहको प्यानल विजयी भएको छ ।

अन्य सदस्यहरुमा सुख्खा प्रसाद लोध, सीतादेवि थारु र गौरी सुनार निर्वाचित भएका छन् । निर्वाचित टिमले विद्यालयको शैक्षिक, भौतिक तथा सर्वमुखी विकास गर्ने आशा गरेको विद्यालयका प्रधानाध्यापक च्यामुलाल चौधरीले बताउनु भयो । हजार २५ जना मतदाता रहेकोमा जम्मा ७ सय १५ मत खसेको थियो । यसैगरि सन्तोष कुमार बानियको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा भाग लिएको थियो । ३ सय ४७ मत पाएका बानिया भन्दा शाहले ६ मत बढी अर्थात ३ सय ५३ मत ल्याइ विजयी भएका हुन ।

खुला सदस्य शाहको प्यानल बाट खुला सदस्य पुरुष तर्फ सुख्खा प्रसाद लोध ३ सय ५४ मत, महिला सदस्य तर्फ सितादेवी थारुले ३ सय ४६ मत र गौरी सुनारले ३ सय ४८ मत ल्याई निर्वाचित भएका हुन । बानियाको प्यानलबाट खुला पुरुष तर्फ मुरली लोध ३ सय ३७ मत, महिला सदस्य तर्फ शोभा कुमारी थारु ३ सय ३८ मत र उषा पासी ३ सय ३० मत प्राप्त गर्नु भएको छ ।

तपाइको मत