fbpx

योग समिति बाँकेको अध्यक्षमा पुनः भट्टराई सर्बसम्मत

योग समिति बाँकेको अध्यक्षमा पुनः भट्टराई सर्बसम्मत

चुरेकुञ्ज, नेपालगञ्ज । योग समिति नेपालको अध्यक्षमा पुनः योग गुरु गिरीराज भट्टराई चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा आयोजना गरिएको योग समिति नेपालको साधारण सभा तथा दोस्रो अधिवेशनले भट्टराईको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लोकमाया सुबेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिव निर्माला शाह, सह सचिव शालिकराम खनाल, कोषाध्यक्ष अम्बिका कोईराला, सह कोषाध्यक्ष मन्दरा शर्मा चयन भएका छन् । सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेल चयन भएको निर्वाचन समितिका संयोजक बिश्वजित तिवारीले बताउनु भयो । खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भएका छन् ।

निर्वाचन समितिमा तिवारीसंगै अरुण कुमार सिंह र मेघनाथ ढकाल थिए । अधिवेशनको उदघाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकास रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहारा बिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताउनु भयो । योग आफैमा सबैका लागि अनिवार्य नै छ, जसले योग गर्ने बानी बनाउँछ उसका लागि शारीरीक सक्रियतामा फलदायी साबित हुन्छ । बरिष्ठ चिकित्सक रेग्मीले भन्नुभयो योग समिति नेपालले अरुलाई सहयोग गर्नका लागि कोष निर्माण गर्न आवश्यक छ ।

कोषका लागि पहिलो सहयोग रकम समाजसेवी निल बहादु शाक्यले दश हजार दिने घोषणा गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । उहाँले समितिको शुरुवाती चरणदेखि आफु जानकार रहेको र हरेक गतिबिधिलाई नजिकबाट नियाल्ने अवसर मिलेको बताउँदै योगले समाजमा पुर्याएको योगदान उच्च रहेको प्रष्ट्याउनु भयो ।

उद्घाटन शत्रमा समितिका सल्लाहकार समेत रहनुभएका नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सल्लाहकार तथा जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन बहादुर रानामगर लगायतले बोल्नु भएको थियो । साधारणसभाको अवसर पारेर कोरोना बिरुद्धको योद्धाहरुलाई सम्मानत गरिएको छ । कोरोना महामारीका समयमा समुदाय स्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोना बिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाणपत्र तथा दोसल्ला मार्फत सम्मानित गरिएको हो ।

तपाइको मत