fbpx

मानव बेचबिखनको दृष्टिले बर्दिया उच्च जोखिममा

मानव बेचबिखनको दृष्टिले बर्दिया उच्च जोखिममा

मुरली गोडिया, गुलरिया । मानव बेचबिखन तथा ओसारपसारका सवालमा स्थानिय सरकार र सरोकारवाला निकायबीच कार्यशाला गरिएको छ । गुलरियामा मानव ओसारपसार नियन्त्रण जिल्ला समिमितिको आयोजनामा जिल्लाका ८ ओटै पालिकाका महिला तथा बालबालिका शाखाका प्रतिनिधी सहित सरोकारवालाहरुविच छलफल गरिएको हो ।

समितीका संयोजक एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा “हाम्रो सम्मान परियोजना” मार्फत ३ ओटा पालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न कार्यक्रमगर्दै आएको जनाइएको छ । गुलरीया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा प्राविधिक सहयोग गरी निति, संरचना निर्माण तथा क्रियाशिलताका विषयमा प्रष्ट पारिएको थियो ।

जिल्लाका अन्य पालिकामा समेत परियोजनाले आफना कार्यक्रमको विस्तार गर्ने जनाएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले बर्दिया जिल्ला मानव बेचविखनका लागी जोखिमयुक्त जिल्ला भएकाले यस्ता घटनाको नियन्त्रण गर्न सवैले जोडदिनु पर्ने अवश्यकता रहेको बताएका थिए ।

तपाइको मत