निर्माण दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल
- बुधबार मङ्सिर २२ , २०७८
चुरेकुञ्ज, गुलरिया । निर्माण दिवसको अवसरमा बर्दिया अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गरिएको छ । निर्माण ब्यवसायी संघ बर्दियाले अस्पतालमा अन्तरंग सेवा लिईरहेका बिरामीहरुलाई पौष्टिक आहारको रुपमा बुधवार फलफूल बितरण गरेको हो ।
अस्पतालमा उपचारार्थ अशक्त बिरामी तथा सुत्केरीहरुलाई १४ औं निर्माण दिवसको अवसरमा फलफूल बितरण गरिएको निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल (भरत) ले बताए । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनागर्दै हामीले अस्पतालमा कार्यक्रम गरेका हौं । फलफूल बितरण कार्यक्रममा अस्पताल बिकास समिति बर्दियाका अध्यक्ष अंगद श्रेष्ठ लगायत निर्माण ब्यवसायीहरु सहभागी थिए ।