गुलरियाका कोभिड प्रभावित विपन्न परिवारलाई खाद्यान्न राहत
- बुधबार मङ्सिर २२ , २०७८
चुरेकुञ्ज, गुलरिया । कोराना भाईरस (कोभिड–१९) बाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न राहत हस्तान्तरण गरिएको छ । चुजी फाउन्डेशनको सहयोग, गुलरिया नगरपालिकाको समन्वयमा समुदाय विकास तथा सरोकार केन्द्र बर्दियाले खाद्यान्न राहत उपलब्ध गराएको हो ।
राहत हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले राहत हस्तान्तरणगर्दै सहयोगी मनहरुलाई धन्यवाद दिए । गुलरिया नगरपालिकाका नागरिकलाई प्राथमिकतामा पारी राहत उपलब्ध गराएको प्रति खुशीहुँदै उनले भने जस्तोसुकै समस्यामा पनि नगरपालिकाले सहयोगमा कुनै कसर बाँकी राख्दैन । महामारी दोहोरिए नगरपालिकाले फेरी पनि सहयोग गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले कोभिड संक्रमणको त्रास रहेकाले सबै नागरिकले सावधानी अपनाउन छाड्न नहुने बताए । कोभिडलाई परास्त गर्न सबैले खोप लगाउन आवस्यक रहेको वताउँदै खोपले ओमिक्रोन भेरियन्टसँग लड्न समेत मद्दत पुग्ने डब्लुएचओले सुचना गरेकाले खोप नलगाएकाले खोजी खोजी खोप लगाउन आग्रह गरे । वास्तविक पिडितले राहत पाएको बताउँदै कोभिडको जोखिमबाट बच्न सामाजिक दुरी लगायतका मापदण्ड भुल्न नहुने दोहोर्याए ।
बर्दियाका १ सय ५० घरपरिवारको लागि संस्थासँग खाद्यान्न राहत सामाग्री रहेकाले १ सय गुलरिया नगरपालिका र ५० बढैयाताल गाउँपालिकामा वितरण गरिने जानकारी दिए । राहतमा २५ केजी चामल, १० केजी पिठो, १ केजी मसुरोको दाल, १ केजी चना, १ लिटर सोयाविन तेल, १ केजी नून, १ केजी चिनी र ४ पिस सावुन रहेको उनले जानकारी दिए । कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल, पत्रकार लगायत स्थनियहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिव एवम् पत्रकार दिपक शर्माले संचालन गरेका थिए ।कार्यक्रम संस्थाका सचिव एवम् पत्रकार दिपक शर्माले संचालन गरेका थिए ।