fbpx

नेपालमा भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

नेपालमा भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट


काठमांडौ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ को संक्रमण पुष्टि भएको छ । ओमिक्रोनबाट दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । त्यहाँ करिब दुई दर्जनबढी मानिसमा संक्रमण देखिएको भारतीय मिडियाहरुले जनाएका छन् । नयाँ भेरियन्ट करिब ४० बढी देशमा फैलिइसकेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका विदेशी नागरिकले खोपको दुई मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ देखिएको थियो भने खोपको मात्र पूरा लगाएको पाइएको छ । उनीहरु दुवै विदेशी नागरिक हुन् ।

दुवैजनाको आइतबार राति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वीन्सिङ गरिएको थियो । परीक्षणका क्रममा उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका एकजना व्यक्ति अफ्रिकी मुलुकबाट आएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । ती ६६ वर्षीया विदेशी नागरिक यही मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको अफ्रिकी मुलुकहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । स्वास्थ्य मन्त्रालयले उनीसहित दुईजनामा संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साभार : अन्नपूर्ण पोस्ट् अनलाईन बाट ….

तपाइको मत