fbpx

नेकपा (माओवादी केन्द्र) बाट बर्दियाका नगर-गाउँ कार्य समितिहरुमा कोको सर्बसम्मत भए (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र) बाट बर्दियाका नगर-गाउँ कार्य समितिहरुमा  कोको सर्बसम्मत भए (नामावलीसहित)

चुरेकुञ्ज, गुलरिया । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गुलरिया नगर समितिको अध्यक्ष पदमा गेहेन्द्र ढकाल निर्विरोध चयन भएका छन् । गुलरियामा आयोजित दोस्रो नगर भेलाले ढकालको अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

भेलाले उपाध्यक्ष त्रय हरिप्रसाद पासी, भक्तबहादुर थापा मगर, भिमबहादुर थापा चयन गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्विनी प्रदेस समिति कार्यालय सदस्य तथा बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले बताए । सचिवमा राजकुमार मैनाली, सहसचिव अञ्जु प्रसाद चौधरी र सदस्यमा सुदानी थारु चयन भएका हुन् ।

बारबर्दिया नगरपालिकाको नगरसमिति अध्यक्षमा सुदिन चौधरी, उपाध्यक्ष त्रय विजय चौधरी, सोमरानी थारु, पतिराम थारु, सचिव चक्रबहादुर थारु, सहसचिव सन्तोष पोखरेल र कोषाध्यक्षमा खिमबहादुर खड्का निर्विरोध चयन भएका हुन् । मधुवन नगर समिति अध्यक्षमा हरिहर चौधरी, उपाध्यक्ष रामबाबु घिमिरे, शुभद्रा चौधरी, फुलराम थारु, सचिव युतमान केसी, सहसचिव जयनारायण चौधरी र कोषाध्यक्षमा राधिका बोहोरा निर्विरोध चयन भएको कार्यालय सदस्य थारुले जानकारी दिए ।

ठाकुरबाबा नगरसमितिको अध्यक्षमा चित्रप्रसाद खनाल उपाध्यक्ष विष्णु बहादुर शाही, चक्रबहादुर भण्डारी, नेत्रराज आचार्य, सचिव श्यामलाल थारु, सहसचिव सावित्रा थापा, कोषाध्यक्ष शम्भुप्रसाद थारु सर्वसम्मत चयन भएका छन् । गेरुवा गाउँपालिकाको गाउँ समिति अध्यक्षमा दशीराम थारु, उपाध्यक्ष गणेश अर्याल, तिलक बञ्जाडे, लिला चौधरी, सचिव दयाराम वैद्य, सहसचिव तेजबहादुर परियार र कोषाध्यक्ष झनकुमार ढकाल सर्बसम्मत चयन भएका हुन् ।

बढैयाताल गाउँसमितिको अध्यक्षमा कर्णबहादुर थापा, उपाध्यक्ष त्रय तुलाराम थारु, राजेन्द्र लामिछाने, जंगबहादुर थारु, सचिव शंकरप्रसाद थारु, सहसचिव रामबहादुर परियार र कोषाध्यक्षमा पार्वती काफ्ले सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्रले बर्दियाका ६ वटा पालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । बाँसगढी र राजापुर नगरपालिकाको अधिवेशन छलफलको प्रकृयामै रहेकाले केही दिन भित्रमा सकिने नगरप्रमुख थारुले जानकारी दिए ।

बर्दियाका ८ वटै पालिकाहरुमा ५९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । केही साताअघि बर्दियाका ७५ वटै वडाहरुको अधिवेशन सर्वसम्मत रुपमा सकेर नगर अधिवेशन गरिएको हो । मंसिर २५ गतेदेखि लुम्विनी प्रदेस अधिवेशन शुरु हुँदैछ । केन्द्रिय निर्णय अनुसार तोकिएको समयमा जिल्ला अधिवेशन गरिने प्रमुख थारुको भनाई छ ।

तपाइको मत