fbpx

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको पूर्व–पश्चिम राजमार्ग सरसफाई

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको पूर्व–पश्चिम राजमार्ग सरसफाई

चुरेकुञ्ज, गुलरिया । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको अम्रेनी–चिसापानी सडकखण्ड सरसफाई गरिएको छ । निकुञ्जको अगुवाईमा नियमित कार्य अन्र्तगत वातावरणीय सरसफाईका लागि राजमार्ग सरसफाई गरिएको हो ।

सडक सवारीबाट निकुञ्ज क्षेत्रमा प्यासेन्जरहरुले फालेका प्लाष्टिकजन्य फोहरहरु सरसफाई गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । निकुञ्ज कर्मचारी, नेपाली सेना, मध्यवर्ती समिति, महिला वातावरण समिति, ईटीडीएफ, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु लगायतको सहभागीतामा सरसफाई गरिएको हो ।

चित्तल लगायतका वन्यजन्तुहरु ओहोर दोहोर गर्ने क्षेत्रमा फालिएका फोहरजन्य प्लाष्टिकहरु जनावरले चाटेमा असर गर्ने भएकाले त्यस क्षेत्रमा फोहर नफाल्न अधिकृत श्रेष्ठले अनुरोध गरेका छन् । निकुञ्ज भित्रको राजमार्ग क्षेत्रमा मासिक रुपमा ठूलो परिमाणमा प्लाष्टिकजन्य फोहरहरु फालिएका हुन्छन् ।

तपाइको मत