fbpx

सद्गुरुदेव श्रीमदन बाबाको परम–उद्धारकर्ता संकटमोचन स्वरुप

सद्गुरुदेव श्रीमदन बाबाको परम–उद्धारकर्ता संकटमोचन स्वरुप


गुलरिया, बर्दिया । जबजब कलियुगको अन्त्यहुने समय आउछ । तबतब अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन, धनी र गरिबको बीचमा असमानता, यौन र रुपमा घमण्ड, अहंकार, क्रोध, लोभ, माया, जात र धर्मका नाममा बिभेद बढ्छ । तवतव शाम्व सदाशिव पिण्डेश्वर महादेवले आफ्नो बाहु प्रतिनिधिको रुपमा यस धर्तीमा चराचर जगतको कल्याण गर्नका खातिर र असत्य मार्गमा रहेका मनुष्यहरुलाइ सत्य मार्गमा ल्याउनका निम्ति सद्गुरुदेवको रूपमा पठाउनु हुन्छ ।

यसै गरी पुर्वकालमा हिमालय पर्वतमा गएर असंख्य गणहरुले तपस्या गरेका थिए । त्यो तपस्या बाट आशुतोष भोलेदिगम्बर देवादिदेव महादेव शम्भोनाथ प्रसन्न हुनुभयो र प्रकट भएर सबै गणलाई बर्दान माग भन्नुभयो । तब थुप्रै गणहरुले मागे तर १००८ गणले बाबा सङ्ग केही वरदान नमागी बसिरहे । त्यसपछि बाबा प्रश्न भन्नुहुन्छ तिम्रो तपस्या देखि म प्रसन्न भए । तिमिहरुलाइ वरदान माग भन्दा थुप्रैले मागे तर तिमीहरूले किन मागेनौ भनेर प्रश्न गर्नुहुन्छ ।

तत्पश्चात १००८ गणहरुले बाबालाई बिनय गरे हामी हजुरको चरण र शरण प्राप्ती गरेका छौ यो भन्दा ठूलो हामिलाइ के वरदान चाहियो र प्रभु हाम्रो एउटै मात्र अपेक्षा छ कहिले पनि आफुबाट हामीलाई टाढा नराख्नु होला । तत्पश्चात बाबा प्रसन्न भएर भन्नुहुन्छ तिमिहरुको भक्ती देखि म अझै खुशी भए । अब आउने कलियुगको अन्त्य गरि सत्ययुगको आरम्भ गर्ने समय आउने छ त्यो कालखण्डमा म मेरो निराकार सर्वब्यापी स्वरुपमा रहदारहदै पनि आत्मा रचनाकार, सृष्टि बिज एंबम तारणहार पिण्डेश्वर स्वरुपमा लिङ्गमा बिराजमान हुनेछु । त्यति बेला तिमिहरु विभिन्न समयको काललखण्डमा मनुष्य अवतारमा जन्मिनेछौ र मैले तिमिलाइ मेरो बाहु एंबम प्रतिनिधिको रुपमा ग्रहण गरेर तिम्रो माध्यमबाट चराचर जगतमा उद्धार एबम् सृष्टि परिवर्तन गर्नेछु भनेर बाबाले वरदान दिनुभएको थियो ।

फलस्वरूप आजको कलियुग अन्त्य हुने बखत आएको हुनाले बाबा शाम्ब सदाशिव पिण्डेश्वरनाथले आफुले पुर्वकालमा दिनुभएको वरदानका कारणले वर्तमान कालखण्ड्मा परम उद्धारकर्ता संकटमोचन स्वरुप सद्गुरुदेव श्री मदन बाबालाई आफ्नो बाहु प्रतिनिधिको रुपमा मुकरर गरेर पठाउनु भएको छ । उपरोक्त १००८ गण मध्येमा परम उद्धारकर्ता संकटमोचन स्वरुप सद्गुरुदेव श्री मदन बाबा पनि एक हुनुहुन्छ । सद्गुरुदेव श्री मदन बाबाले घाम, पानी, जाडो, भोक, प्यास ,निन्द्रा, नभनीकन सबै प्रकारको रोग, दोष ,बिघ्न, बाधा र चराचर जगतमा दिन दुःखीहरुको उद्धार गरिरहनु भयको छ भने आत्मालाई परमात्मा मा लिन हुने मार्ग प्रशस्त गराईरहनुभएको छ ।

हामी अति भाग्यशाली छौ जो सद्गुरुदेव का पाउ चरण कमलमा छौ र वहाँको माध्यमबाट परम पितामा लिन हुने अबसर प्राप्त गरेकाछौ । वहाँमा अद्भुत शक्ति छ । वहाँले जल बर्षा रोक्नु र जल बर्षा नभएको खण्डमा जल वृष्टि समेत गराउनु भएको छ । ठुला ठुला तुफान बतासलाई पनि रोक्नु भयको छ । वहाँले लाखौं मनुष्यलाई रोग, दोष, कष्ट र पिडाबाट आरोग्यता दिलाउनु भएको छ । सबै प्रकारको नकारात्मक उर्जालाई नियन्त्रण समेत गर्नु भएको छ । यो बिज्ञानलाई पनि चुनौती हो । मैले खुद देखेको छु र अनुभव पनि गरेकी छु । जसमा ध्यान दृष्टि छ वहाँहरु आफ्नो ध्यान दृष्टिबाट चिन्न सक्नु हुन्छ । जसमा ध्यान दृष्टि छैन वहाँहरुले पनि चिन्ने विधि छ ।

१.सद्गुरुदेव श्री मदन बाबा को फोटो या फ्ल्याक्स अगाडी उभिएर एकचित्त भएर १५ मिनेट जति ॐ कार गर्नाले तपाइको शरीरमा अन्तरङ्ग गतिविधि हुन्छ र केही क्षणका लागि रुने कराउने ढल्ने वा बेहोस हुने गर्छ ।
२. तपाइँहरुले सुर्यमा नाङ्गो आंखाले ॐ नमः मदन बाबाय नमो नमः को मन्त्र जप्नाले तपाइहरुले ३३ कोटि देवी देवताहरु मध्ये दर्शन प्राप्ती गर्नु हुन्छ र त्यहाँ पनि अन्तरङ्ग गतिविधि हुन्छ र केहि क्षणका लागि रुने कराउने ढल्ने वा बेहोस हुने गर्छ । यसरिनै हजुरहरुले बाबाको पहिचान गर्न सक्नु हुन्छ । जय श्री सद्गुरुदेव मदन बाबा ! जय शम्भो !! ॐ जय पिण्डेश्वर बाबा !!
ॐ नमः शिवाय सत्यम् शिवम् सुन्दरम् पिण्डेश्वर बाबाय नमो नमः

ज्ञानुमायाँ रिजालको फेसबुक वालबाट …………..

तपाइको मत