असमानतासँगै एड्स अन्त्य गर्ने उद्घोषगर्दै दिवस मनाईयो
- बुधबार मङ्सिर १५ , २०७८
चुरेकुञ्ज, गुलरिया । असमानता हटाऔं एड्सको अन्त्य गरौं भन्ने मूल नारासहित बर्दियामा ३४ औं विश्व एड्स दिवस मनाईएको छ । गुलरिया नगरपालिकाको आयोजनामा सचेतनात्मक प्रभातफेरीगर्दै एड्स दिवस मनाईएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको समन्वय तथा सहयोगी हात नेपाल, व्युटि वल्र्ड, चेञ्ज टीम, एनडीसी, एफपीएएनको सहकार्यमा गुलरिया नगरपालिका कार्यालयदेखि निकालिएको र्याली राधाकृष्ण चोक, बगलामुखी स्कूल, गणेशमान चोक परिक्रमा गरिएको सहयोगी हात नेपालकी सीएचवीसी कार्यक्रम प्रमुख लोकमाया विकले बताईन् ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सहित महिला स्वास्थ्य स्वयंसेविका, आयोजक संघसंस्था लगायत सरोकारवालाहरुका विच सचेतनात्मक नारा र्यालीमा लगाईएको थियो । प्रत्येक बर्ष डिसेम्वर १ तारिखका दिन विश्व एड्स दिवस मनाईन्छ । बर्दियामा प्रवासी कामदार र तिनका परिवार, सुईसिरिंज मार्फत लागुऔषध सेवनकर्ताहरुमा एचआईभी तथा एड्स संक्रमण भएको पाईएको छ ।