बर्दिया प्रिमियर लिगको दोस्रो खेलमा स्टार एकेडेमीको जीत
- मंगलबार मङ्सिर १४ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया स्थित कवर्ड हल खेल मैदानमा भैरहेको बर्दिया प्रिमियर लिगको दोस्रो खेलमा स्टार क्रिकेट एकेडेमी र रोयल किंग्स बीचको खेलमा स्टार क्रिकेट एकेडेमीले ४७ रन को फराकिलो जित दर्ता गरेको छ । आफ्नो पहिलो खेल खेलेको स्टारले पहिलो खेलमै पहिलो जित निकालेको छ । २ खेल खेलेको रोयलले १ जित र १ हार बेहोरेको छ । मैदान गिलो भएका कारण खेल १७ /१७ ओभरमा छुट्टाईएको थियो ।
रोयल किंग्सले टस जितेर स्टार क्रिकेट एकेडेमीलाई ब्याटिङको निम्तो दिएको थियो । स्टारले निर्धारित १७ ओभरमा ८ विकेट गुमाउदै १३३ रन जोडेको थियो । स्टारका सुरुवाती ब्यटर महेश थापा र अनिल थापा बीच ३९ रनको साझेदारी भएको थियो । त्सपछि भने स्टारले निरन्तर विकेट गुमाउदै गर्दा स्टारका ब्यटर तुल बहादुर थापाले आक्रमक ब्याटिङ गर्दा स्टारले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । अनिल थापाले २७ बलमा २६ रन जोडे । तुल बहादुरले २३ बलमा ४६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहन अर्यालले २५ बलमा ३५ रनको पारी खेलेका थिए । रोहनले ३ चौका र १ छक्का प्रहार गरेका थिए । रोयलका स्पिनर दिवान पुनले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । साथै अमित तामाङ , समीर आचार्य र रमेश सिंह समान १/१ विकेट लिए ।
१३४ रनको चुनौतीपूर्ण लक्ष्य लिएर मैदान आएको रोयलले १६.१ ओभरमा सबै विकेट गुमाउदै ८६ रन मात्र जोड्यो । रोयलका सुरुवाती ब्यटर समिर आचार्यले १५ बलमा २२ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरेका थिए । रमेशले १० रन जोडे । अन्य खेलाडीले भने सम्झन लायक खेल प्रदर्शन रहेन । स्टारका स्पिनर रुपेश भुसाल ४ ओभरमा मात्र १२ रन खर्चिएर १ विकेट लिए । पुरु भटराईले ४ ओभरमा १ मेडन रख्दै ११ रन खर्चिएर ४ विकेट लिए । सुरज खड्काले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए । खेलको म्यान अफ द म्याच पुरु भट्टराई भएका छन् ।
बर्दिया प्रिमियर लिगको तेस्रो खेलमा बाँके ११ र बर्दिया क्रिकेट एकेडेमी बिचको खेलमा बाँके ११ ले ४ विकेटको जित दर्ता गरेको छ । बर्दियाले लगातार दोस्रो हार बेहोरेको छ भने पहिलो खेल खेलेको बाँकेले पहिलो जित निकालेको छ । मैदान गिलो भएका कारण खेल १५ /१५ ओभरमा छुटैएको थियो ।
टस जितेर ब्याटिङ रोजेको बर्दियाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै ८२ रन जोडेको थियो । बर्दियाका भबिस्य धामीले ३६ बलमा २३ रन जोडे । उनले १ चौका प्रहार गरेका थिए । साथै कप्तान सिद्धार्थ श्रेष्ठले ११ बलमा १८ रन जोडे । उनले २ छक्का प्रहार गरेका थिए । अन्य खेलाडीले भने सम्झन लायक खेल प्रदर्शन रहेन । बर्दियालाई सस्तोमा रोक्न बाँकेका तिब्र गतिका बलर अजय साहनीले ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चिएर ४ विकेट हात पारे । साथै सिधान्त राज साहनी ,गौतम र राहुल शर्माले सम्मान १/१ विकेट लिए ।
सामान्य लक्ष्य लिएर मैदान आएको बाँके समालेर ब्याटिङ गर्दा खेल १३.२ ओभरमा जित्यो । खेलमा हारको मुख्यमा पुगेको बाँकेलाई अजय साहनी र बिजय चौधरीले सानदार ब्याटिङ गर्दै खेल बाँकेको जितको तर्फा लए । रोहन केसीले २० बलमा १४ तथा सन्दिप नेपालीले १३ बलमा ११ रन जोडे । अजय साहनीले आजिबित रहदै १३ बलमा १५ तथा विजय चौधरीले १२ बलमा २० रन जोडे । उनले २ छक्का प्रहार गरेका थिए ।
बर्दियाका निर्मल गुरुङले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए । साथै नितेशले ३ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए । खेलको म्यान अफ द म्याच अजय साहनी भए । प्रतियोगितामा कुल देशभरका ८ टोलीको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूहमा बिभाजन गरेको छ । समूह एमा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ रहने छन् । साथै समूह बिमा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् । प्रतेक टोलीले आफ्नो समूहको टोली संग एक आपसमा खेल्ने छन् । समूह चरणको खेल मंसिर १९ गते सम्म हुने छ । सेमी फाइनल २० गते रहेको छ भने फाइनल २१ गते हुने छ ।