fbpx

तिन दिन वर्षा र हिमपातको सम्भावना

तिन दिन वर्षा र हिमपातको सम्भावना

काठमांडौं । देशभर फेरि पश्चिमी वायुको प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको बताइएको छ ।

दिउँसो र राति मुलुकका अधिकांश पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

तराईका केही भू, भागमा विहानपख हुस्सु र कुहिरो लाग्ने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

तपाइको मत