जितलाई अभिमान नभै सेवकको रुपमा लिनुपर्छ : संजय गौतम
- मंगलबार मङ्सिर १४ , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत सम्पन्न निर्वाचनहरुमा भएका विभिन्न समितिका जीतहरुलाई अभिमानका रुपमा नभई सेवकका रुपमा लिनुपर्ने नेपाली काँग्रेसका निवर्तमान सभापति संजयकुमार गौतमले बताएका छन् । विजेता सबै समितिहरुलाई पार्टीका कार्यकर्ताले सेवकको रुपमा कामगर्न जिताएकाले सेवकको रुपमा ग्रहण गरी पार्टी सुदृढ गर्न लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले १८ बर्ष आफूले सेवा गरेको पार्टीको जिम्मेवारी सुम्पिन पाएकोमा खुशी ब्यक्तगर्दै नयाँ समितिहरुलाई नमात्तिकन, नआत्तिकन पार्टी सुदृढ गर्न शुभकामना दिए । राधाकृष्ण थारु, सुरेशराज शर्मा र ज्ञानराज शर्माले परिकल्पना गरेको मार्गमा आफूले पार्टीलाई डोहोर्याउने क्रममा नराम्रो र कतै तिक्तता गरेको भए क्षमा याचना गरे ।
नेपाली काँग्रेस बर्दियामा कुनै गुट, उपगुट तथा समूह नरहेको प्रष्टपार्दै उनले १४ औं महाधिवेशनको तुष हटाउन नसके स्थानिय निर्वाचनलाई असर पर्नेतर्फ चिन्ता ब्यक्तगरे । लोकतान्त्रिक विधिबाट निर्वाचित जिल्ला कार्यसमितिबाट बर्दियामा युग परिवर्तन भएको उद्घोषगर्दै निर्वाचित सम्पूर्णलाई बधाई दिएका छन् । गौतम्ले नवानिर्वाचित सभापतिलाई पदभार, निर्णयपुस्तिकासँगै झण्डा हस्तान्तरगर्दै पार्टीको खातामा १६ लाख ८ हजार रुपैया मौज्दात रहेको बताएका छन् ।
पदभारग्रहणगर्दै पार्टीका नवनिर्वाचित सभापति अरुणसिंह राठौरले आफूहरुलाई जिल्ला कार्यसमितिमा जिम्मेवारी दिने सम्पूर्णलाई धन्यवाद दिंदै निर्वाचनको तिक्तता विर्सेर अघि बढ्नुपर्ने बताएका छन् । पार्टी अगाडी बढाउन निर्वाचनमा उपविजेता बनेका सम्पूर्ण टिमहरुलाई सहयोग गर्न उनको आग्रह छ । सबै नेता कार्यकर्ता एक भएर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै राठौरले निर्वाचन जितेकाले ठूलो नभई तथा निर्वाचनमा जिम्मेवारी नपाएकाले चित्त नदुखाई हातेमालोगर्दै अघि बढ्नुपर्ने सभापति राठौरको भनाई छ । उनले पार्टीमा सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । काँग्रेस बनाउने सबैको साझा अभिभारा रहेकाले गुटबन्दी अन्त्यगर्न सबै लाग्नुपर्नेमा जोडदिए । उपविजेता सबैलाई एक भएर पार्टी अघि बढाउन नवनिर्वाचित सभापति राठौरले आग्रह गरेका छन् ।