fbpx

नेपाली काँग्रेस बर्दिया सभापतिमा संस्थापन समूहका अरुणसिंह राठौरको प्यानल विजयी, कसको मत परिणाम कति ?

नेपाली काँग्रेस बर्दिया सभापतिमा संस्थापन समूहका अरुणसिंह राठौरको प्यानल विजयी, कसको मत परिणाम कति ?

चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत बर्दिया जिल्ला कार्यसमितिमा अरुणसिंह राठौरको प्यानल विजयी भएको छ । भुवनेश्वर थारुलाई १९२ मतले पछिपार्दै राठौर सभापति पदमा विजयी भएका हुन् ।

राठौरले ८७० मत प्राप्त गरे भने प्रतिद्वन्दी थारुले ६७८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गोविन्द प्रसाद थारु (८६०), सोदे विष्ट (८५९) सचिवमा मिनराज चौधरी (८४७), जग्गाप्रसाद पाण्डे (८२९) र सहसचिवहरुमा तिलकराम लम्साल (९५३) तथा मेकबहादुर गुरुग (८९२) मत प्राप्त गरी विजयी भएको सहायक निर्वाचन अधिकृत विरबहादुर रोकायाले बताए । अधिवेशनबाट महासमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सबैलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

सम्पूर्ण उम्मेदवारको प्राप्त मत परिणाम ।

तपाइको मत