स्थानिय शिक्षानिति निर्माणमा जुट्दै स्थानिय सरकार
- शनिबार मङ्सिर ११ , २०७८
चुरेकुञ्ज, ठाकुरबाबा । प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा शिक्षा बिकास तथा समन्वय इकाई बर्दिया लगायत बर्दियाका ७ वटै स्थानिय तहको समन्वयमा स्थानिय शिक्षा नीति निर्माण कार्यशाला बर्दियाको ठाकुद्धारामा शुरु गरिएको छ । शुक्रवारदेखि शुरु भएको कार्यशाला आईतवार समापन हुँदैछ ।
सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा शुरु भएको कार्यक्रम मधुवन नगरपालीकाका प्रमुख प्रसाशकिय अधिकृत ओमकार शाहको आतिथ्यतामा उदधाटन सत्र शुरु गरिएको हो । सहभागीहरुलाई स्वागत गदै प्लान इन्टरनेशनल नेपालका शिक्षा बिज्ञ बेद प्रसाद डाँगीले बर्दिया जिल्लाका ८ वटै पालीकाहरुमा गुणस्तिरिय शिक्षा लाइ निरन्तरता दिने नीति आबश्यक रहेको बताए ।
बालबिकास केन्द्र देखि कक्षा ८ सम्मको शिक्षा स्थानिय तहको जिम्मा भएको हुँदा गुणस्तिरिय शिक्षा उपलब्ध गराउनका लागी स्थानिय शिक्षा नीति निर्माण गर्न आबश्यक रहेको उनको भनाई छ । बर्दिया जिल्लाका धेरै स्थानियतहहरुमा असल अभ्यास तथा यसको दीर्घकालिन रुपमा निरन्तरता दिनका लागी प्रयास गरिएको पाएको देखिन्छ । शैक्षिक नीतिले व्यक्ति, परिवार, समुदाय र मुलुकको वर्तमान र भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने भएकाले शिक्षा नीतिले बाल चाहना, जनचाहना एवं संविधानको भावना र मर्मलाई पनि आत्मसाथ गरि अगाडी बढाउन आबश्यक रहेको प्रष्ट्याए । नेपाल सरकारले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ सबैको लागि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा जस्ता कुरा रणनीति भित्र राखेकाले सोही अनुरुप स्थानिय तहको शिक्षा नीति निमाण गर्नुपर्छ ।
प्रमुख प्रशासकिय अधिकृत शाहले कार्यशालाको सफलताको कामनागर्दै प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेका शिक्षा क्षेत्रका गतितिबिहरु र्दिर्घकालीन रुपमा बिधालयमो शैक्षिक गुणस्तरमा टेवा पुर्याएको बताए । कार्यशालाले स्थानिय शिक्षाको गुणस्तरिय शिक्षाका लागी शिक्षा नीती निर्माण हुनेमा विस्वास ब्यक्तगर्दै स्याक नेपाल बाँकेलाइ बिषेश धन्यबाद दिए । सस्थाले बाँके र बदिया जिल्लाका स्थानिय तहसंगको समन्वयमा प्लान इन्टरनेशनलको साझेदारिमा परियोजना मार्फत काम गरिरहेको र बिगतमा गुणस्तरिय शिक्षा का लागी टेवा पु्याउँदै आएको छ ।
विभिन्न खालका विद्यालय ब्यवस्थापन समिति, शिक्षकहरुको क्षमता बिकासमा काम गरिरहेको र आगामी दिनमा यसलाइ निरन्तरता दिने बताउँदै सक्रिय सहभागीताको लागी सस्थाको तर्फबाट पहलगर्न शाहले आग्रह गरे । ३ दिन सम्म संचालन हुने कार्यशालामा आठवटा स्थानिय तहको स्थानिय शिक्षा निति निर्माण हुने गरि कार्ययोजना बनाएको छ । कार्यशालामा बर्दिया जिल्लाका ८ बटा स्थानिय निकायका शिक्षाशाखा प्रमुख एवम प्रतिनिधि, सामाजिक बिकास समितीका पदाधिकारी, शिक्षा समितीका पदाधिकारीहरु जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको छ । तिनदिने कार्यशालामा डा. हरि प्रसाद पोखरेल, जगत बहादर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना बिज्ञ बेद प्रसाद डागींले सहजीकरण गरेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।