सहयोगी हात नेपालको अध्यक्षमा मीना वली सर्वसम्मत चयन
- शनिबार मङ्सिर ११ , २०७८
चुरेकुञ्ज, बर्दिया मंसिर ८ । सहयोगि हात नेपाल बर्दियाले आफ्नो १६ औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पुन मीना वलीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनको उद्घाटन शत्रका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्यले सहयोगी हात नेपाल संस्थाले एच.आई.भि. संक्रमितहरुलाई एकद्वार प्रणालीबाट उपचार सेवा दिइरहेकोमा संस्थालाई धन्यवाद दिएका छन् । आचार्यले संस्थाको नयाँ कार्यसमतिले आगामी दिनमा अझ राम्रो र स¥ह्निय काम गर्न सकोस भनि शुभकामना दिएका छन् ।
अधिवेशनले नयाँ कार्यसमितको अध्यक्षमा मिना कुमारी वली, उपाध्यक्षमा कृष्ण प्रसाद वस्याल (राकेश), सचिव विष्णु प्रसाद अधिकारी, सह–सचिव गोपाल जङ्ग शाह, कोषाध्यक्ष निर्मला मैनाली र सदस्यहरुमा कमला विक र प्रमोद लोधलाई चयन गरेको हो । साधारण सभाले संस्थाको कार्यकारी निर्देशकमा दुर्गा आचार्यलाई नियुक्ती गरेको छ । पत्रकार महासंघका अध्यक्ष यादव आचार्य सहयोगी हात नेपालका प्रमुख सल्लाहकार हुन् ।
एनएपीएनको सहकार्य सेभ द चिल्ड्रेनको सहयोगमा सहयोगी हात नेपाल बर्दिया १६ बर्षदेखि जिल्लाका एचआईभी संक्रमितहरुको उपचार तथा उनका परिवारहरुलाई सहयोगगर्दै आएको छ । संस्थाको केन्द्रिय कार्यालय बर्दियाको गुलरियामा रहेको अध्यक्ष वलीले बताईन् ।