fbpx

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर २ को सभापतिमा दिपक जंग शाहको प्यानल विजयी, कसको कति मत ?

नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर २ को सभापतिमा दिपक जंग शाहको प्यानल विजयी, कसको कति मत ?

चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत बर्दिया जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्वर २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा दिपक जंग शाह निर्वाचित भएका छन् । सभापति पदका उम्मेदवार रमणकुमार रेग्मीलाई ३१६ मतले पछिपार्दै शाह सभापति पदमा निर्वाचित भएका हुन् ।

शाहले ५८० मत प्राप्त गरेका छन् । क्षेत्र नम्वर २ मा ८५१ मतदाता रहेकोमा ८२५ मत खसेको नेपाली काँग्रेस १४ औं महाधिवेशनका जिल्ला सहायक निर्वाचन अधिकृत विरबहादुर रोकायाले बताए । क्षेत्र नम्वर २ मा संस्थापन समूहको प्यानल निर्वाचित भएको छ । सचिव पदमा छप्पुराम चौधरी (५९८), गणेश प्रसाद आचार्य (५६९) मत ल्याई विजयी भएका छन् ।

सहसचिवहरुमा मिनबहादुर थापा (५५८), धनिराम गिरी (५४६), सदस्य खुलातर्फ श्रीकृष्ण थारु (५४२), रामप्रसाद चौधरी (५२२), सन्तराम थारु (५०४) मत प्राप्त गरी विजय भएका हुन् । सदस्य खसआर्य खुलातर्फ खटक बहादुर शाह (५२६), दलितमा बमबहादुर वि.क. (५३२), सदस्य थारु महिला बृहस्पति चौधरी थारु (५५५), विष्णु देवी चौधरी (५४०), थारु पुरुष जगतराम थारु (५७३), पुनाराम थारु (५५३), अल्पसंख्यक अपांग विष्णु थापा (५२५) मत प्राप्त गरी विजयी भएका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि सदस्य सरस्वती शाह (५५५), हिमाकुमारी थरुनी (५५४), तुलसी पुन मगर (५१५), सरीता शर्मा (४८०), किरण शर्मा झा (निर्विरोध) निर्वाचित भएका हुन् । पुरुषतर्फ अरुण प्रकाश राठौर (५५७), जन्मजय तिमिल्सिना (५४०), जमानसिंह केसी (५३५), जग्गाप्रसाद पाण्डे (५०४), जंगबहादुर मल्ल (जीवन) (४९०), हरिहर गौतम (४७०), रामचन्द्र थापा (४५४) विनय रावल (४५२), भद्र बहादुर शाही (४१७) र मकरबहादुर सिजापति (४०७) मत प्राप्त गरी विजयी भएका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि खसआर्य महिला तर्फ राजु बडुवाल खत्री (५३६), खसआर्य खुला जनक धामी (५४१), आदीवासी जनजाती खुला मेक बहादुर गुरुंग (५४२), पर्शुराम सुनार (४६०) मतप्राप्त गरी विजयी भएका छन् । संघीय क्षेत्रको निर्वाचन सकिएको छ । मंसिर १२ गते जिल्ला समितिको निर्वाचनका लागि मनोनयन दर्ता हुने र १३ गते विहान ७ बजेदेखि गुलरिया स्थित जिल्ला समन्वय समितिको प्रांगणमा निर्वाचन हुने अधिकृत रोकायाले जानकारी दिए ।

तपाइको मत