नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर १ को सभापतिमा मेयर मुक्तिनाथ यादव निर्वाचित, कसको कति मत ?
- शुक्रबार मङ्सिर १० , २०७८
यादव आचार्य, बर्दिया । नेपाली काँग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ को क्षेत्रिय निर्वाचनको सभापति पदमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव निर्वाचित भएका छन् । सभापतिका उममेदवार शम्भुप्रसाद रिजाललाई २२ मतले पछिपार्दै यादव निर्वाचित भएका हुन् ।
रिजालले ३४९ मत प्राप्त गरेका छन् भने यादवले ३७१ मत प्राप्त गरे । रिजाल प्यानलको वहुमत कार्यसमिति निर्वाचित भएको छ । सचिव पदमा मनोज कुमार यादव (३७०), भुपेन्द्र बहादुर वली (३५०), सहसचिवमा ईन्द्रजित वुढाथोकी (३९१), गोरख बहादुर खत्री (३५४) मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यक्ष महिला पदमा माया कुमारी पौडेल (३८२) तथा खुला पदमा अक्कल बहादुर खत्री (३८८), शोभा भण्डारी थापा (३४८) र शेरबहादुर शाही (३४५) मत प्राप्त गरी विजयी भएका हुन् ।
सदस्य खसआर्य रमेश विष्ट (३८३), मधेसी विवेकानन्द पाठक (३६१), दलित भागीरथ सुनार (३६६), थारु महिला रामप्यारी थारु (३४२) सदस्य खुला श्रीकृष्ण थारु (३८५), राधेश्याम थारु (३६८), अल्पसंख्यक अपांग लक्ष्मण आचार्य (३६८) मत प्राप्तगरी विजय भएको मतदान अधिकृत लक्ष्मी नेपालले बताईन् । ७७१ मतदाता संख्या रहेको क्षेत्र नम्वर १ मा ७४७ मत खसेको हो ।
केन्द्रिय महाधिवेशन प्रतिनिधि खुला पदमा संजयकुमार गौतम (४२२), भुवनेश्वर चौधरी (३८२), विजयदत्त देवकोटा (३४४), अमृत देवकोटा (३३६), गोपीप्रसाद पराजुली (३३२), टुकराज घिमिरे (३२९), ज्ञानेन्द्र बहादुर रावल (३२७), गंगाधर पौडेल (३२०), काशीराम थारु (३१५) र महेन्द्रकुमार शर्मा (३१३) मत प्राप्त गरी विजय भएका हुन् । महिला प्रतिनिधितर्फ सावित्री गौतम (३७५), जावेदा खातुन जागा (३५१), पवित्रा कुमारी अर्याल (३३९) र टिका अधिकारी (३३८) मत प्राप्त गरी विजयी भएका छन् ।
खस आर्य महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सावित्रा गौतम (३४५), खसआर्य खुला देवीलाल न्यौपाने (३६०), आदिवासी जनजाती खुला पुष्पलाल श्रेष्ठ (३८०), मधेसी खुला देवकीनन्दन त्रिपाठी (३९२), दलित खुला भिमलाल विश्वकर्मा (३६९), थारु महिला विन्दु कुमारी चौधरी (३८९), रत्ना चौधरी (३६६), थारु खुला मोहनलाल थारु (३७६), राधेश्याम थारु (३६९), मुस्लिम खुला महवुव खाँ (सरदार), अल्पसंख्यक अपांग मोहम्मद याकुव हलुवाई (३७३) मत प्राप्त गरी विजय भएका हुन् ।
घोषणा सभालाई सम्वोधनगर्दै सांसद संजयकुमार गौतम्ले नगरप्रमुख मेयरलाई कार्यकर्ताले पार्टी सुदृढ गर्ने जिम्मेवारी दिएकाले कुनै गुट उपगुटको हारजितसँग तुलना नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । निर्वाचित सभापति यादवले आफूले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिवद्धता ब्यक्त गरेका छन् । सभापछि साँसद गौतम् सभापति यादव लगायत नेता कार्यकर्ताहरुले राधाकृष्ण चोकको शालिक र गणेशमान चोकको शालिकमा अविर एवम् माल्यार्पण गरेका छन् ।

