नेपाली काँग्रेस बर्दिया संघीय प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति निर्वाचनमा को को छन् उम्मेदवार, कसले मार्ला बाजी ?
- बिहिबार मङ्सिर ९ , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बर्दियामा संघीय प्रतिनिधि सभा क्षेत्रिय कार्यसमितिको निर्वाचन हुँदैछ । बर्दियाका दुई वटा संघीय क्षेत्रमा विहिवार मतदान हुँदैछ ।
क्षेत्र नम्वर १ को निर्वाचन गुलरिया स्थित जिल्ला समन्वय समितिको हलमा र क्षेत्र नम्वर २ को निर्वाचन मधुवन स्थित ढोडरीमा हुँदैछ । विहान ११ बजेदेखि वेलुकी ५ बजेसम्म मतदान समय तोकिएको छ । दुवै संघीय क्षेत्रमा उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत विरबहादुर रोकयाले बताए । मनोनयन दर्तापछि मतदान शुरु हुने बताईको छ । नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्वर १ संघीय प्रतिनिधि सभा क्षेत्रिय कार्यसमितिको सभापतिमा संस्थापन समूहबाट गुलरिया नगरपालिकाका मेयर मुक्तीनाथ यादवले उम्मेदवारी दिएका छन् । संस्थापन इतर समूहबाट शम्भुप्रसाद रिजालको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै क्षेत्र नम्वर २ मा संस्थापन समूहबाट दिपक जंग शाह र संस्थापन इतरका रमण रेग्मी सभापति पदमा भिड्दैछन् ।
बर्दिया क्षेत्र नम्वर १ कार्यसमितिको संस्थापन समूहबाट सचिव पदमा कपेन्द्र खड्का, रामेश्वर रिमालले उम्मेदवारी दिएका छन् । सह सचिवहरुमा विनय राजभण्डारी र स्मृति सुन्दर शर्मा छन् । संस्थापन इतर समूहबाट सचिवमा भूपेन्द्र बहादुर वली र मनोज कुमार वर्माले उम्मेदवारी दिएका हुन् । सहसचिवहरुमा गोरख बहादुर खत्री र इन्द्रजित बुढाक्षेत्री छन् । त्यस्तै संघीय कार्यसमितिको १० जना सदस्यहरु र संघीय सभा क्षेत्र नम्वर १ (क) (ख) कार्यसमिति ६ सदस्यीय पदमा दुवै पक्षको बराबरी उम्मेदवारी परेको छ ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि संस्थापन इतर समूहबाट खुलातर्फ संजयकुमार गौतम्, मिश्रीलाल अहिर, भुवनेश्वर चौधरी, ठग्गुलाल शर्मा (टिएल), विजय दत्त देवकोटा, महेन्द्र कुमार शर्मा, ज्ञानेन्द्र बहादुर रावल, गोपी प्रसाद पराजुली, टुकराज घिमिरे, शंकरप्रसाद तिवारी, सावित्री गौतम, टिका अधिकारी, पवित्रा कुमारी अर्याल, श्यामुसिंह मल्लले उम्मेदवारी दिएका हुन् । समावेशीतर्फ खसआर्य पुरुष देवीलाल न्यौपाने, महिला सावित्रा गौतम्, आदीवासी जनजाती पुष्पलाल श्रेष्ठ, मधेसी देवकी नन्दन त्रिपाठी, दलित भिमलाल विस्वकर्मा, थारु पुरुष मोहनलाल थारु, राधेश्याम थारु, महिला विन्दु कुमारी चौधरी, रत्ना चौधरी, मुस्लिम महवुव खाँ (सरदार) र अल्पसंख्यक अपांग मोहम्मद याकुव हलवाईको उम्मेदवारी परेको छ ।
संस्थापन समूहबाट महाधिवेशन प्रतिनिधिमा आरती यादव, गिता तिवारी, जाबेदा खातुन, शान्ति कुमारी अधिकारी (पौडेल), अमृत देवकोटा, अर्जुन तिवारी, काशिराम थारु, गोविन्द प्रसाद थारु, गंगाधर पौडेल, तिलप्रसाद पाण्डे, देवेन्द्र विष्ट, नारायण प्रसाद शर्मा, भरत बहादुर सापकोटा, सोदे विष्टले उम्मेदवारी दिएका छन् । समावेशी तर्फ खस आर्य पुरुष घनश्याम घिमिरे, महिला शोभा पाण्डे, आदीवासी जनजाती टोप बहादुर थापा, मधेसी अनुप यादव, दलित चन्द्रबहादुर सुनार, थारु पुरुष वसन्त चौधरी, हरिहर चौधरी, महिला गीता थारु, सुमी चौधरी, मुस्लिम सरिफ अहमद सिद्धिकी, अल्पसंख्यक अपांगबाट लोक बहादुर वलीले उम्मेदवारी दर्ता गराएका छन् ।