fbpx

नेपाली काँग्रेस बर्दिया प्रदेससभा १ (ख) क्षेत्रिय सभापतिमा विरबहादुर चौधरी निर्वाचित, कसले कति मत पाए ?

नेपाली काँग्रेस बर्दिया प्रदेससभा १ (ख) क्षेत्रिय सभापतिमा विरबहादुर चौधरी निर्वाचित, कसले कति मत पाए ?

चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत बर्दिया प्रदेस सभा क्षेत्रिय निर्वाचन क्षेत्र नम्वर १ (ख) को सभापति पदमा विरबहादुर चौधरी २२० मत प्राप्त गरी निर्वाचित भएका छन् । वुधवार सम्पन्न निर्वाचनमा १७५ मत प्राप्त गरेका रविन्द्रकुमार यादवलाई ४५ मतले पछिपार्दै चौधरी निर्वाचित भएका हुन् ।

उपसभापति पदमा विनोद यादव २०४, आशिराम थारु १८९ मत प्राप्त गरी विजय भएका छन् । सचिव पदमा रत्न कुमारी पाण्डे २०२, चिरञ्जिवी ज्ञवाली २०१ मत प्राप्त गरी विजय भएका हुन् । सहसचिव पदमा जनकराज विष्ट २०७ र गोदुवा थारु (सियाराम) १९५ मत ल्याई विजयी भए ।

त्यस्तै प्रदेस अधिवेशन प्रतिनिधि सदस्य खुलातर्फ कपिन्द्र बहादुर थापा (२१०), गोकर्ण रेग्मी (१८३), छविलाल थारु (२०८), भेषराज पौडेल (भरत) (१९६), रामबहादुर पाण्डे (१८४) र हरि गिरी (१८१) मत ल्याई विजयी भएका छन् ।

खुला महिला सदस्यमा उर्मिला ताम्राकार (२०४), कुसुम बगाले (१९६) र बेलकुमारी वली (१८५) विजयी भएका छन् । खसआर्य सदस्य उदयमणी आचार्य (१९३), मधेसी सदस्य सन्तोष सोनकर (२००), दलित सदस्य कालुराम विक (१८३), सदस्य थारु खुला तर्फ दिपक सिंह थारु (१९६), हरिप्रसाद थारु (१८५), थारु महिला सदस्य गुड्डी थारु (१८५), अल्पसंख्यक सदस्य मातृका प्रसाद राजी (१८८) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्रिय कार्यसमिति खुला सदस्यहरुमा भगुवा थारु (२०१), रामबहादुर थारु (१८९) विजयी भएका छन् । क्षेत्रिय कार्यसमिति महिला सदस्यमा सीता श्रेष्ठ ( १९२) विजयी भएको समितिले घोषणा गरेको छ । बर्दियाका अन्य क्षेत्रहरुको मतगणना भैरहेको जनाईएको छ ।

तपाइको मत