fbpx

बाल यौनशोषण रोकथामबारे अभिभावकलाई सचेतना

बाल यौनशोषण रोकथामबारे अभिभावकलाई सचेतना


मुरली गोडिया, गुलरिया । यौनशोषण तथा मानव बेचविखन विरुद्ध बालक्लवमा आबद्ध सदस्यका अभिभावकसंग अन्तक्रिया गरिएको छ । गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ मा रहेको बाल क्लवका सदस्यहरुका अभिभावक तथा हेरचाहकर्तालाई तालिम दिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौनशोषण तथा बेचविखन रोकथाम परियोजना’ अन्तरगत बाल क्लबका सदस्यलाई तालिम दिइएको थियो । बाल यौन शोषण रोकथाम बारे सोमबार ती बालक्लबका सदस्यको अभिभावक संग अन्तक्रिया गरिएको साथी संस्थाकी फील्ड सुपरभाइजर सुनिता चौधरीले जानकारी दिनु भयो । बालबालिका विरुद्ध हुने यौन शोषणबाट कसरी बचाउने, कसैले दुव्र्यवहार गर्न प्रयास गरे कुन निकायमा कसरी उजुरी गर्ने र आफना बालबालिकालाई बाल यौन शोषण रोकथाम बारे कसरी जानकार बनाउन सकिने लगायतका विषयमा सहजीकरण गरिएको सुपरभाइजर चौधरीले बताउनु भयो ।

‘बालबालिका यौन शोषणको सिकार हुने घटनाक्रम न्युनिकरण हुन नसकेको भन्दै बाल क्लबका सदस्य तथा उनिहरुका अभिभावक, हेरचाहकर्तालाई बाल यौन शोषण रोकथाम बारे अन्तक्रिया तथा तालिमको आवश्यकता रहेको चौधरीले बताउनु भयो । बालबालिका विरुद्ध हुने यौन शोषण र बेचविखन रोक्ने उदेश्यले बाल क्लव र अभिभावक तथा हेरचाहकर्तालाई परियोजनाले तालिम दिंदै आएको छ । गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ मा भएको उक्त अन्तक्रिया कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।

तपाइको मत