fbpx

मेरीगोल्ड अभियान सम्बन्धी एकदिवसिय अन्तरक्रिया

मेरीगोल्ड अभियान सम्बन्धी एकदिवसिय अन्तरक्रिया

चुरेकुञ्ज, बर्दिया । आप्रावासी महिला कामदार समूह अमकास नेपालले घरेलु कामदार सम्बन्धी आईएलओ १८९ र मेरी गोल्ड अभियान सम्बन्धी एक दिवशिय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी उपाध्यक्ष पुष्पा थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गुलरिया नगरपालिकाकी उपमेयर शुशिला गिरी रहनु भएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारमा गएर दुःख पाएका नेपाली महिलाहरूको लागि सीप मुलक तालिम दिने, आयआर्जन जिविकोपार्जनको लागि आप्रावासी महिला कामदार समूह आमकास नेपालले नेपालका विभिन्न जिल्लामा काम गरेको र बर्दियामा पनि यस सम्बन्धी काम गर्ने भनी सबैसग समन्य र सहकार्य गर्ने आप्रावासी महिला कामदार समुहकी कार्यकारी निर्देशक बिजया राई श्रेष्ठले जानकारी गराउनु भयो ।

कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले संस्थालाई दर्ता गराई सवैको समन्वयमा कार्य गर्न आग्रह गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वर कार्की गुलरिया नगरपालीकाका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य पत्रकार नागरिक समाज विभिन्न संघ सस्थाका प्रतिनिधी, समूह, महिला स्वास्थ्य स्वमसेविका, महिला अधिकारकर्मी लगायतको उपस्थिती थियो ।

तपाइको मत