यौनशोषण तथा मानव बेचबिखन बिरुद्ध बालक्लवलाई तालिम
- आइतबार मङ्सिर ५ , २०७८
मुरली गोडिया, गुलरिया । यौन शोषण तथा मानव बेचविखन विरुद्ध बाल क्लवलाई शुक्रबार तालिम दिईएको छ । बढैयाताल गाँउपालिका वडा नम्बर ९ को बाल क्लवका सदस्यहरुलाई तालिम दिएको हो ।
प्लान इन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना’ अन्तरगत तालिम दिएको छ । बालबालिका विरुद्ध हुने यौन शोषणबाट कसरी बच्ने, कसैले दुव्र्यवहार गर्न प्रयास गरेमा कहाँ र कुन निकायमा उजुरी गर्ने समेत सिकाईएको तामिका सहजकर्ता रमेश चौधरीले बताउनु भयो ।
‘बालबालिका यौन शोषणको सिकार हुने घटनाक्रम न्युनिकरण हुन नसकेकोभन्दै यस्ता तालिमको आवश्यकता रहेको चौधरीले बताउनु भयो । समाजमा बालबालिका बिरुद्ध हुने यौन शोषण तथा बेचविखन जस्ता घटना हुन नदिन सम्बन्धित सवै सरोकारवाला निकाय तथा नागरिकहरु लाग्न अनवश्यक रहेको चौधरीले जोड दिनु भयो ।
बालबालिका विरुद्ध हुने यौन शोषण र बेचविखन रोक्ने उद्देश्यले बाल क्लवलाई परियोजनाले तालिम दिएको संस्थाकी फिल्ड सुपरभाइजर विनिता परियारले जानकारी दिनु भयो । तालिममा बढैयाताल गाउपालिका वडा नम्बर ९ मा रहेको बाल क्लबका १८ सदस्यले सहभागिता जनाएका थिए ।