fbpx

बिप्लवको नेपाल बन्दले बर्दियाको जनजीवन प्रभावित

बिप्लवको नेपाल बन्दले बर्दियाको जनजीवन प्रभावित


मुरली गोडिया, बर्दिया । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन मागगर्दै नेकपा (विप्लव) नेतृत्वले आब्हान गरेको नेपाल बन्दका कारण बर्दियाको जनजिवन प्रभावित बनेको छ । बिहानै देखि बर्दियामा बन्दको प्रभाव परेको छ ।

बन्दका कारण मुख्य बजार एवं सडक सुनसान थिए । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेनन् । उद्योग, धन्दा, ब्यापार, कलकारखाना, विद्यालय बन्द रहे । भ्रष्टचारी, कालोबाजारी र तस्करी गरे बापत अरबौं कमिसन खानेलाई कार्वाहीको साटो संरक्षण र प्रोत्साहितगर्दै आएको भन्दै खारेजीको मागगर्दै शान्तिपुर्ण संघर्षका कार्यक्रमगर्दै आएको विप्लव नेतृत्वको नेकपा बर्दियाले जनाएको छ ।

बर्दियाको सदरमुकाम गुलरिया लगायत सबै पालिकामा बन्दको प्रभावले बजार एवं सडक शुनसान थिए । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेकेको अवस्थामा श्रमिक जनताको पक्षमा लड्दै आएको पार्टी हात बाधेर बस्न नसक्ने उक्त अपिल पत्रमा उल्लेख गरिएको छ ।

तपाइको मत