fbpx

ठाकुरबाबामा पञ्चगब्य (गोमूत्र) अनुसन्धान केन्द्र बनाईने

ठाकुरबाबामा पञ्चगब्य (गोमूत्र) अनुसन्धान केन्द्र बनाईने


चुरेकुञ्ज, बर्दिया । बर्दियाको पर्यटकिय नगरी ठाकुरबाबा नगरपालिकामा गौ संरक्षण अभियान अन्र्तगत पञ्चगब्य (गोमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । विश्व हिन्दु युवा संघका धार्मिक सद्भावना दुत योगी पिताम्वरको नेतृत्वमा केन्द्र संचालन गरिने भएको छ ।

ठाकुरद्वारा स्थित ठाकुरबाबा मन्दिरमा मंसिर ४ गते रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नेपालका गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगिराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगब्य अनुसन्धान केन्द्र संचालन हुन्छ । जसबाट गौ संरक्षणमा ठूलो योगदान पुर्याउँदै स्थानियको आयआर्जनमा समेत टेवा पुर्याउने अभियानको लक्ष्य रहेको अध्यक्ष शाहले बताए ।

गौपुराण समेत गरिने धार्मिक सभामा आउने श्रद्धालुहरुलाई स्थानियले निशुल्क होमस्टे सेवा सहयोग गर्न आयोजक संस्थाले अनुरोध गरेको छ । गौ संरक्षण अभियानसँगै दलित प्रतिको भेदभाव हटाउन सोही स्थानमा पुनः धार्मिक अनुष्ठान गरिने उनले पत्रकार सम्मेलनमा बताएका छन् ।

तपाइको मत