fbpx

कार्तिक ३० गते नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्द घोषणा

कार्तिक ३० गते नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्द घोषणा

मुरली गोडिया, गुलरिया । नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते शान्तिपुर्ण नेपाल बन्दको घोषणा गरेको छ । मुल्यबृद्धि, भ्रष्टचारी, कालोबाजारी र तस्करीमा अरबौं कमिसन खानेलाई कार्वाहीको साटो झन संरक्षण र प्रोत्साहितगर्दै आएकोभन्दै बन्द घोषणा गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले मंगलवार शान्तिपुर्ण नेपाल बन्दको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जनाएको छ । नेपाल बन्द बारे एक अपिल जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बन्दका दिन जिल्लाका सम्पुर्ण उद्योगपति, यातायात व्यवसायी, शैक्षिक संस्था, व्यापारी, मानव अधिकारकर्मी लगायतलाई सहयोग गर्न अपिल गरेको छ ।

गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सेकेको अवस्थामा श्रमिक जनताको पक्षमा लड्दै आएकोले चरम वेथीती सहेर पार्टी हात बाधेर बस्न नसक्ने अपिल पत्रमा उल्लेख गरिएको छ ।

तपाइको मत