बालविवाह न्यूनिकरणबारे जनप्रतिनिधि र धर्मगुरु विच अन्र्तक्रिया
- सोमबार कार्तिक २९ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न.ं १० मा जनप्रतिनिधि र धर्मगुरु बिच वाल विवाह न्यूनिकरणबारे समिक्षात्मक अन्र्तक्रिया गरिएको छ । वार्ड नम्बर १० को आयोजनामा प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहयोगमा भएको हो ।
बालसंरक्षण परियोजना अन्तरगत बालविवाह, चाडै हुने तथा जबरजस्ती गरिने विवाह न्युनिकरणका लागि समिक्षात्मक अन्र्तक्रिया गरिएको हो । “बालविवाह न्युनिकरणमा हाम्रो जिम्मेवारी” भन्ने शिर्षकमा १० वटा बिषयमा प्रतिबद्धता सहभागिहरुले जनाएका छन ।
समाजमा रहेका गलत भनाईहरु, संस्कृति, चलनलाई निरुत्साहित गर्ने, बालबालिकाहरुलाई आवश्यकता अनुसार मोबाईल प्रयोग गर्न दिने, अभिभावकले निगरानी गर्ने, बालविवाहलाई लुकाउन नहुने बाहिर ल्याउने, अभिभावकले नै नैतिकतामा ध्यान दिनुपर्ने लगाएत विषय समेटिएको छ ।
कार्यक्रमको सहजिकरण वडा अध्यक्ष निरञ्जन कुमार चौधरी र बाँके युनेस्को क्लवका फिल्ड सुपर भाईजर जनक चोैधरीले गरेका थिए । जनप्रतिनिधि, धर्म गुरुहरु अभिभावक, पत्रकार लगाएतको सहभागितामा कार्यक्रम भएको थियो ।