fbpx

अवैध नाकाबाट भारततर्फ जाने नारी–पुरुष उपर निगरानी

अवैध नाकाबाट भारततर्फ जाने नारी–पुरुष उपर  निगरानी

मुरली गोडिया, गुलरिया । मानव बेचविखन नियन्त्रण गर्न शान्ति पुर्नस्थापना गृहले निगरानी बढाएको छ । मानव बेचविखनका घटनामा बर्दिया जिल्ला उच्च जोखिम भएकाले निगरानी बढाईएको हो ।

बर्दिया जिल्लाका सिमानाबाट आवागमन गर्ने महिला पुरुषहरुको लागी सोधपुछ फारम भरेर मात्र जान दिने गरिएको छ । ३ महिनामा करिब ७ सय ८५ जना नेपाली नागरिकको सिमानामा सोधपुछ फारम भरी मानव बेचविखन बारे परामर्श दिइएको छ । फारममा नाम, बाहिर जानुको कारण, पारिवारिक जानकारी, साथमा जानेको यथार्थ विवरण लगायतका कुरा सोधपुछ गर्ने गरिएको छ ।

बर्दियाको बढैयाताल गाँउपालिका कण्ठपुर स्थित भारतिय नाका बलैगाँउ, गुलरिया नगरपालिका ११ स्थित गणेशपुर, वडा नम्बर ८ स्थित सुरजपुर नाकामा बीट स्थापना गरि निगरानी बढाइएको शान्ति पुर्नस्थपना गृह बर्दिया शाखाकी प्रमुख सपना शर्माले बताईन् । सोधपुछका क्रममा शंका लागेमा आवश्यक परामर्श दिएर फिर्ता बोलाई प्रहरी समक्ष समेत पठाउने गरिएको छ ।

३ महिनाको अवधीमा मानव बेचविखनका ६ वटा जटिल घटना फेला परेको र आवश्यक सल्लाह दिई प्रहरीलाई बुझाइएको उनले प्रष्ट्याईन् । शंकास्पद व्यक्तिलाई संस्थामा ल्याई परामर्शका माध्यमले वा प्रहरी समक्ष बुझाएर समस्या समाधान गर्ने गरेका छौं । शान्ति पुर्नस्थपना गृहले सिमा क्षेत्रका बाँके, बर्दिया कैलाली, दांग लगायत सिमावर्ति क्षेत्रका जिल्लाहरुमा काम गर्दै आइरहेको शर्माको भनाई छ । मानव बेचविखनका घटनामा फसेकाहरुको मुद्धामा लाग्ने सम्पुर्ण खर्च, बासको व्यवस्था तथा परामर्श समेत गृहले गर्छ । गुलरियामा पुर्नस्थापना गृह संचालनमा ल्याईएको पत्रकारसँगको अन्र्तक्रियामा शर्माले जानकारी दिईन् ।

तपाइको मत