fbpx

उदाउँदो सुर्यलाई अर्घार्पणगर्दै छठ पर्व सकियो

उदाउँदो सुर्यलाई अर्घार्पणगर्दै छठ पर्व सकियो


मुरली गोडिया, गुलरिया । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिई समापन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजागर्दै सोमवारदेखि सुरु भएको हो ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका स्थित मुक्तिनारायण सरजु (भादा) घाट र गुलरिया खैरापुर स्थित सरयु नदि घाटमा बुधवार साँझ अस्ताउँदो सुर्य र विहिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । राती विविध सांस्कृति कृतन भजन एवं झाँकी प्रदर्शन गरिएको छ । मिथिला सांस्कृतिक संरक्षण प्रतिष्ठान बर्दियाको अयोजनामा गुलरियाको भादा घाटमा भएको कार्यक्रममा हजारौंको भक्तजनहरुको भीड लागेको प्रतिष्ठानका सचिव संदिप कर्णले बताए ।

मिथीलाबाट शुरु गरिएको छठ पर्व पछिल्लो समय तराई तथा पहाडका हरेक जिल्लाहरुमा मनाउने गरिन्छ । बर्दियामा हिन्दु धर्मावलम्बी लगायत विभिन्न जातजातीको उपस्थिीत छठमा देखीएको कर्णले बताए । छठ पर्व प्रति सवै जातजातीको आकर्षणले समाजलाई थप एकताको सन्देश दिएको उनको भनाई छ ।

सूर्यले सम्पूर्ण रोग मुक्त गर्ने हुनाले सुख शान्तिको लागि पूजा गारिन्छ । सूर्यपुराण अनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । आफ्नो पतिको दीर्घायू, प्रेम र सौभाग्य प्राप्त गरिन् । सोही समयदेखि छठपर्वको परम्परा शुरु भएको सूर्यपुराण उल्लेख छ । जुन अहिले नेपालको तराईवासीले समेत मनाउने गरेका छन । सोमबार देखी शुरु भएको यो पर्व बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन भएको छ ।

तपाइको मत