fbpx

आगलागी पिडितलाई रेडक्रसको सहयोग

आगलागी पिडितलाई रेडक्रसको सहयोग

चुरेसमाचार, बर्दिया । आगलागीबाट पिडित ठाकुरबााबा नगरपालिका वडा नम्वर २, कोर्नेखेत निवासी डिलबहादुर विकलाई सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखाले पिडितलाई त्रिपाल, भाँडाकुँडा लगायतका सामाग्री उपलब्ध गराएको हो ।

केही महिना अघि आफै विरामी परेका अवस्थामा श्रीमती गुमाएका विकको आगलागीबाट घरगोठ, अन्नपात, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएकोले हामीले सहयोग उपलब्ध गराएको रेडक्रस उपशाखाका सदस्य यज्ञ नेपालले बताए । पिडितको अवस्था नाजुक भएकाले हामीले राहत उपलब्ध गराएका छौं । सहयोगी महानुभावलाई पनि सहयोगको लागि अपिल गर्छौ नेपालले भने ।

तपाइको मत