fbpx

बर्दियाको गुलरियामा गणेशमान सिंहको शालिक अनावरण

बर्दियाको गुलरियामा गणेशमान सिंहको शालिक अनावरण


मुरली गोडिया, गुलरिया । प्रजातन्त्र पुर्नस्थापनाका लागि ०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्म जयन्तीका अवसरमा बर्दियाको गुलरियामा गणेशमान सिंहको पुर्ण कदको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्व महामन्त्रि प्रकाशमान सिहंले शालिकको अनावरण गरेका हुन् ।

शालिक अनावरणपछि कार्यकर्ता भेटघाट कार्यक्रममाबोल्दै नेता सिंहले अहिलेको परिस्थितीमा सर्बोच्च अदालतमा देखिएको अस्तव्यस्त अवस्थाबारे सरकार बोल्नु पर्ने बताएका छन । न्यायालयमा देखिएको परिस्थितीले आम सेवाग्राहीहरु न्याय पाउनमा समास्या झेलीरहेको उल्लेखगर्दै उनले यस विषयमा सरकारले तत्काल बोल्न आवश्यक रहेको जोड दिए ।

नेपाली राजनितीमा देखिएको समास्यालाई निकास दिन अहिलेको गठबन्धन निर्माण भएको उनको भनाई छ । पार्टीमा अवसर पाइ सकेका नेतालाई सम्मान जनक स्थान दिई अव भविष्यको बारेमा सोच्न आवश्यक रहेको प्रष्ट्याए । नेपाली कांगे्रसको कमि कमजोरीले पटक पटक कम्युनिष्टहरुले संविधान माथी प्रहार गर्ने दुस्प्रयास गर्नेगरेको बताउँदै आउँने दिनमा यस्ता चुनौतीको सामना गर्ने गरि नेतृत्व चयनमा ध्यानदिन आम कार्यकर्तालाई उनले आब्हान गरे ।

बर्दियाको गुलरिया स्थीत गणेशमान सिंहको शालिक शिलान्यास कार्यक्रममा जिल्ला देखी केन्द्र सम्मका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । बर्दिया निर्वाचन क्षेत्र नं. १ का सांसद संजयकुमार गौतमको स्थानिय पुर्वाधार विकास कार्यक्रमबाट निर्मित स्व. गणेशमान सिंहको शालिक २४ लाख ४७ हजार ५ सय २५ रुपैयाको लागतमा निर्माण गरिएको निर्माण समितीले जनाएको छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल सर्वोच्च नेताका रुपमा चिनिन्छन् ।

तपाइको मत