fbpx

क्रिकेटका लागि बर्दियाबाट जिल्ला टीम तयार

क्रिकेटका लागि बर्दियाबाट जिल्ला टीम तयार

चुरेकुञ्ज, गुलरिया । चौधरी ग्रुपको प्रायोजन तथा नेपाल क्रिकेट संघको आयोजनामा हुने वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्नजरगर्दै बर्दिया जिल्लाबाट टीम तयार गरिएको छ । लुम्विनी प्रदेस स्तरिय क्रिकेट प्रतियोगितामा सहभागीताका लागि जिल्ला टीम छनौट गरिएको छ ।

प्रादेशिक क्रिकेट प्रतियोगिताका लागि जिल्ला टीम तयार भएको क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए । प्रदेस स्तरिय प्रतियोगिताबाट छनौटमा परेका जिल्लाका खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । वाई वाई यू–१९ प्रतियोगिताका लागि बर्दियाबाट सिद्धार्थ श्रेष्ठ टीम कोच, डेविड थापा टिम म्यानेजर, विशाल विक्रम केसी कप्तान, सुमित श्रेष्ठ उप–कप्तान र साहिल शेष विकेट किपर छनौट भएका हुन् ।

अन्य खेलाडीहरुमा भविष्य धामी, दिपेश विष्ट, विवेक न्यौपाने, सुदिन केसी, सोहन श्रेष्ठ, सौगात खत्री, गोपाल जिसी, निर्मल गुरुंग, नितिस न्यौपाने, रोहित सुनार र आकास क्षेत्री रहेको अध्यक्ष राजभण्डारीले बताए । सौरभ चौधरी, कुशल शाही, सत्यम घर्ती र नितिन यादव वैकल्पिक खेलाडी छनौट भएका हुन् ।

तपाइको मत