गुलरिया नगरस्तरिय ब्यडमिन्टन खेलका विजेताहरुलाई उपाधी
- बिहिबार कार्तिक १८ , २०७८
चुरेकुञ्ज, गुलरिया । दिपावलीको अवसर पारेर बर्दियाको गुलरियामा आयोजना गरिएको नगरस्तरिय ब्यडमिन्टन प्रतियोगिताका प्रतिस्पर्धी विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कृष्णसार युथ स्पोर्टस क्लव गुलरियाले आयोजना गरिएको खुल्ला तथा सुपरभेट्रान (डबल) ब्याडमिन्टन प्रतिस्पर्धाका विजेताहरुलाई उपाधी सहित पुरस्कार हस्तान्तरण गरिएको छ ।

खुल्ला डबलतर्फ अनुपम न्यौपाने र निर्मल सिग्देलको जोडीले युवराज श्रेष्ठ र संजीवकुमार महतोको टीमलाई लगातार दुईपटक पराजितगर्दै उपाधी हात पारेको हो । त्यस्तै सुपरभेट्रान डबलतर्फ युवराज श्रेष्ठ र राजेन्द्र घिमिरेको जोडीले बालकृष्ण ओली र तुलु मल्ल ठकुरीको जोडीलाई पराजित गरेको छ ।

विजेता तथा उपविजेता जोडीहरुलाई मेटल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ । गुलरिया नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादवप्रसाद आचार्यले विजेता दुवै खेलका विजेता जोडीलाई रु. २५१०१ र उपविजेता जोडीलाई रु. १५१०१ नगद पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

गुलरिया नगरपालिका वडा नम्वर ५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिता दीपावली पर्वको अवसर पारेर कार्तिक १० गतेदेखि आरम्भ गरिएको हो । प्रतियोगितामा सुपरभेट्रानतर्फ ४ वटा जोडी तथा खुल्ला डबलतर्फ १६ वटा गरी २० वटा टीमका ४० जना खेलाडीहरु सहभागी रहेको क्लवका अध्यक्ष युवराज श्रेष्ठले बताए । समापन कार्यक्रममा गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्याल, ब्याडमिन्टन संघ बर्दियाका अध्यक्ष वालकृष्ण ओली, जिल्ला फुटवल संघ बर्दियाका अध्यक्ष अजित राजभण्डारी सहभागी थिए ।

