कैलालीमा “लागू औषध दुर्व्यसनी न्यूनिकरण” बारे सचेतना
- बिहिबार कार्तिक १८ , २०७८
हरि गुरुङ्ग, (मधुवन), बर्दिया । कैलाली लम्कीचुहा न.पा. १ स्थित लम्की जेसिज र लम्की लेडि जेसिजको संयुक्त आयोजना तथा ईलाका प्रहरी कार्यालय लम्की कैलालीको समन्वयमा जेसिस सप्ताह २०२१ अवसरमा “हाम्रा सन्ततीको भविष्य बचाऔ” अभियान अन्तर्गत “लागू औषध दुर्व्यसनी न्यूनिकरण” सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिती कैलाली प्रमुख सूर्य बहादुर थापाको प्रमुख आथित्यता र प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको विशिष्ट आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लम्कीचुहा नगरपालिका अन्तर्गत रहेका ६ वटा विद्यालयमा अध्यनरत करिव २ सय ५० जना बिद्यार्थी तथा शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितीका प्रमुख थापाले लागू औषध दुर्व्यसनी न्यूनिकरणका लागि प्रहरीले मात्रै सम्भव नभई स्थानियहरुले समेत यस बिषयमा चासो दिनुपर्ने बताउनु भयो । लागू औषध सम्बन्धी सुचनाहरु प्रहरीलाई दिनुपर्ने र निरन्तर रुपमा यस्ता किसिमका जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लागू औषध दुर्व्यसनीबाट व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजमा पर्न सक्ने असर तथा र्दुब्यसन मुक्त समाज निर्माणका लागि सवैले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले “लागू औषध दुर्व्यसनी न्यूनिकरण ” सम्बन्धि सचेतनात्मक प्रस्तुतिकरण गर्नु भयो ।