दीपावलीको अवसरमा बारबर्दियामा दलित उत्थान नेपालको शुभकामना कार्यक्रम
- बिहिबार कार्तिक १८ , २०७८
चुरेकुञ्ज, बारबर्दिया । बारबर्दिया नगरपालिका वडा नम्वर ६ मा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । सम्पुर्ण उत्पिडित दलितहरु एक हौं भन्ने नारासहित दलित समुदायको हकहित एवं अधिकार बारे वकालतगर्दै आएको दलित उत्थान नेपालले शुभकामना कार्यक्रम गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कर्ण बहादुर वि.कले नेपालको संविधानमा दलित समुदायका सम्बन्धमा उल्लेखीत व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । संस्थाका कानुनी सल्लाहकार बल बहादुर परियारले पनि समुदायका बारेमा उल्लेखित संवैधानिक व्यवास्थाको जानकारी गराउँदै अवश्यक प्रचलित ऐन तथा अधिकार बारे प्रष्ट पार्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले नगरपालिकाले दलित समुदायका विद्यार्थीहरुको लागी विशेष कोटा छुट्याएको भएपनि समुदाय स्तरमा सो विषयमा जानकारी हुन नसकेको जानकारी गराउनु भयो । समुदायमा भएका सचेत वर्गले यस्ता कार्यक्रमहरुलाई समुदाय स्तरमा पु¥याउन अवश्यक रहेकोमा जोड दिनुभयो । उत्पिडित वर्गको संरक्षण तथा अधिकार स्थापित गर्न नगरपालिका सधै तयार रहेको समेत उल्लेख गर्नुभयो ।
उत्थान नेपालका अध्यक्ष देवेन्द्र सुनारको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका संरक्षक दुर्गा बहादुर वि.क.ले स्थानिय स्तरमा दलित समुदायमा देखिएका विविध समास्याहरुको पहिचान गरि संस्थाले सकारात्मक पैरवी गर्ने बताउनु भयो । कार्यक्रममा समग्र दलित समुदायको क्षेत्रमा कार्य गरिरहेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
दलित समुदायको अधिकारबारे संचार क्षेत्रमा योगदान पु¥याए बापत बबई रेडियोका संचारकर्मी राजकुमार वि.क., भुमि क्षेत्रमा कार्य गरे बापत भक्त बहादुर, वि.क तथा शैक्षिक क्षेत्रमा कार्य गर्दै आउनु भएका तेज बहादुर सुनार, महेश सुनार, सहित विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय नागरिकले आफना समुदायमा देखिएका विभिन्न जटिलता बारे जानकारी गराएका थिए । कार्यक्रम दलित संजाल बारबर्दिया र दलित सेवा संघ बारबर्दियाको समन्वयमा गरिएको हो ।