fbpx

राजापुर नगरपालिकामा राष्ट्रिय जनगणनाको तयारी पूरा

राजापुर नगरपालिकामा राष्ट्रिय जनगणनाको तयारी पूरा

मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणको गणकहरुका लागि आयोजित तालिम सम्पन्न भएको छ । मेरो गणना मेरो सहभागिता भन्दै सुरु भएको १२ औं राष्ट्रिय जनगणना माहाअभियानमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा खटिने गणकहरुका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको हो ।

कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा खटिने ९८ गणक, सुपरिवेक्षकलाई तालिम दिइएको अधिकृत शोभा पौडेलले वताउनु भयो । तालिममा खटिएका प्रशिक्षक अधिकृतहरु शोभा पौडेल, दल बहादुर चौधरी, सरोज कुमार झा, बलराम भण्डारी, रमेश चौधरी लेगणकहरुलाई जनगणना कसरी गर्ने, तथ्याङ कसरी संकलन गर्ने भन्ने विषयमा ४ दिन सम्म प्रशिक्षण दिनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीले गणकको काधमा महत्वपूर्ण जिम्मेवारी आएको भन्दै १० वर्षको फरककमा गरिने जनगणनामा कोहि नछुटुन र कोही नदोहोरिउन भन्दै सत्यतथ्य विवरण संकलन गर्न अनुरोध गर्नु भएको छ । कार्यक्रम अमर शहिद बहुमुखी क्याम्पस राजापुरमा सञ्चालन गरिएको थियो ।

तपाइको मत