नेकपा एमालेको राजापुर र गेरुवा कमिटि सर्वसम्मत चयन
- बुधबार कार्तिक १७ , २०७८
मिन अधिकारी, राजापुर । नेपाल कम्युनिस्ट पार्टी एमाले राजापुर नगरपालिका तथा गेरूवा गाउँपालिकाको प्रथम अधिवेशन सम्पन भएको छ । दुवै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले राजापुरले अध्यक्ष शर्मा चौधरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । त्यस्तै उपाध्यक्ष संगिता थारु, सचिव शिवमणी शर्मा, उपसचिव अर्जुन चौलागाई, उपसचिव मान बहादुर आले, लगायत ७५ सदस्यीय नगरकमिटी गठन गरेको छ । गेरूवा गाउँपालिकाको अध्यक्षमा नुतन कुमार चौधरी, उपाध्यक्षमा बलबहादुर चलाउने, सचिव शिव रिमाल, उपसचिव प्रवेश थारू र मञ्जु शर्मा लगायत ७५ सदस्यीय गाउँकमिटी सर्वसम्मत चयन गरिएको हो ।
नगरपालिका तथा गाउँपालिका अधिवेशनको प्रमुख अतिथि पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य विमला विक, विशिष्ट अतिथिहरूमा नेकपा एमाले जिल्ला कमिटी बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्रदेश कमिटी सचिवालय सदस्य शोभा ज्ञवाली, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य भिम केसी, प्रदेश सांसद कुल प्रसाद पोख्रेल लगायत नेपाल कम्युनिस्ट पार्टी एमालेका नेताकार्यक्रताको उपस्थीती रहेको थिए ।