fbpx

बारबर्दिया नगरपालिकामा साहित्य तथा संगीत उत्सब

बारबर्दिया नगरपालिकामा साहित्य तथा संगीत उत्सब

मुरली गोडिया, गुलरिया । बारबर्दिया नगरपालिकाको आयोजनामा बारबर्दिया साहित्य तथा सङ्गित उत्सब २०७८ गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि देशका विभिन्न स्थानका साहित्य तथा संगीत क्षेत्रमा लोकप्रियता बटुलेका साहित्कार एवं गायन क्षेत्रका कलाकारको बेजोड प्रस्तुतीसहित कार्यक्रम गरिएको हो ।

थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद थारुको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । साहित्य तथा सङ्गित उत्सबमा पहिलो चरणमा ३ जना कबि बाट सृजना प्रस्तुतगर्दै सुरुवात गरीएको थियो । सांगितीक उत्सवमा नेपाली साहित्यका युबा कबि हेम प्रकाश मन्जिलद्वारा बाटो नामक शिर्षको कबिता बाचन गर्नुभएको थियो । कबि जिबराज पाण्डेले हाम्रा पुर्खा शिर्षक नामक कबिता प्रस्तुत गर्नुभयो । कायक्रममा स्वागत मन्तब्य दिंदै नगर उपप्रमुख अन्जु दहितले साहित्य समाजको दर्पण भएकाले समाज रुपान्तरणमा साहित्कारहरुको अहम भुमिका रहेको उल्लेख गर्नु भयो ।

बारबर्दिया नगरपालिकाको आयोजना र थारु भाषा उत्थान मञ्च नेपाल (गोचालि परिवार) बर्दियाले ब्यबस्थापन गरेको कार्यक्रममले स्थानिय स्तरमा साहित्यका विविध विद्यामा कलम चलाइरहेका युवा पुस्तामा नयाँ उत्सातछर्दै साहित्य क्षेत्रबाट समाजका लागी योगदान पु¥याउने स्रष्टा उप्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकरप्रसाद थारु, मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्री लगायत विभिन्न स्थानिय तहका जनप्रतिनिधी, संघ संस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको उपस्थितीमा कार्यक्रम गरिएको बारबर्दिया नगरपालिकाले जनाएको छ ।

तपाइको मत