fbpx

होटल तथा रेष्टुरेन्टहरुको गुणस्तर मापन गरी लोगो टाँसिने

होटल तथा रेष्टुरेन्टहरुको गुणस्तर मापन गरी लोगो टाँसिने


मुरली गोडीया, बर्दिया । होटल स्तरिकरण लोगो वितरण तथा समुह गठन कार्यक्रम सम्पन्न भएको छ । खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा गुलरियामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्की, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन घर्तीमगर, होटल अर्गनाइजेशन, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ बर्दिया लगायतको उपस्थितीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपभोक्तहरुलाई खाद्यमा ध्यान दिनुपर्ने आवश्यक कुराहरु, होटलका संचालकले खाद्य समाग्रीमा पु¥याउनु पर्ने सावधानी तथा उपभोक्ताको हितका लागी आवश्यक खाद्य समाग्रीको सहज पहुँच लगायतका विषयमा जानकारी गराइएको थियो ।

होटल अर्गनाईजेशन बर्दियाको संयोजकत्वमा प्रशासन, घरेलु, प्रहरी कार्यालय, गुलरिया नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, नेपाल पत्रकार महासंघ बर्दिया, उद्योग वाणिज्य संघ सदस्य र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज सदस्य सचिव रहने गरी स्वच्छता समुह गठन भएको खाद्य प्रविधी गुण नियन्त्रण कार्यालय बाँकेकी खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले जानकारी दिनु भयो । खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्ट स्तरिकरण सम्बन्धी निर्देशिका ०७४ वमोजिम समुह गठन गरी गुलरियाका ४ वटा होटलहरुमा स्टिकर टाँस गरेका छौं ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले होटल व्यवसायीले अति उत्तम अवस्थामा ल्याउन पहल गर्ने आवश्यक रहेको बताउनु भयो । होटलमा उच्चतम खालको समाग्री नभए होटलको आर्थिक अवस्था, होटल प्रतिको मानिसका लगाव तथा विश्वास गुम्न सक्ने भएकाले होटल व्यवसायिले ग्राहकलाई स्वस्थ खाद्य सामाग्री उपलब्ध गराउन तर्फ ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सुनारले जोड दिनु भयो ।

तपाइको मत