ट्राफिक सचेतना बोर्ड हस्तान्तरण
- सोमबार माघ २६ , २०७७
हेटौडा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालीले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।
विगत लामो समयदेखि शैंक्षिक परामर्श तथा वैदेशिक उच्च शिक्षाका लागि लोकप्रिय र विश्वासनिय संस्थाको रुपमा परिचितले एक्सपर्ट एजुकेशनले सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियानलाई तीव्र पारेको हो । चितवनमा यो अभियान सफल भएसगैँ एक्सपर्ट एजुकेशनले छिमेकी जिल्ला मकवानपुरको हेटौँडामा पनि बिभिन्न समयमा ट्राफिक सचेतना अभियान गरिरहेको छ । एक्सपर्ट एजुकेशन मकवानपुर शाखाले एक कार्यक्रमकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेको हो । जिल्लामा बढ्दो दुर्घटना न्युनिकरणलाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको एक्सपर्ट एजुकेशन मकवानपुर शाखा प्रमुख ईश्वर लामिछानेले बताउनुभयो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालीका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी निरीक्षक प्रकाश पाँण्डेलाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गर्नुभएको हो । एक्सपर्ट एजुकेशनले प्रदान गरेको १२ थान चेतनामुलक बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने प्रहरी निरीक्षक पाँण्डेले बताउनुभयो । एक्सपर्ट एजुकेशनको यो अभियानले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नेमा विश्वस्त भएको उहाँले बताउनुभयो । एक्सपर्टले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य विभिन्न कार्यक्रमहरु गर्ने एक्सपर्ट एजुकेशन प्रालीका निर्देशक अधिकारीले बताउनुभयो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको भरपर्दो एवंम लोकप्रिय संस्थाको रुपमा परिचित छ । अष्ट्रेलियामा मूख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई सही परामर्श मात्र दिने नभई सामाजिक उत्तरदायित्वक समेत बहन गर्दै आईरहेको एक्सपर्ट एजुकेशन प्रालीका अच्युत चालिसेले बताउनुभयो । एक्सपर्टले चितवनलगायत अन्य जिल्लाहरुमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै ट्राफिक प्रहरी संगको सहकार्यमा विभिन्न सामाजिक चेतनामुलक कार्यहरु गर्दै आईरहेको छ ।