fbpx

ठाकुरबाबा नगरपालिका ९ नम्बर वडा कार्यालय भवन निर्माणको लागि स्थानियद्वारा ७ कठ्ठा जग्गा दान

ठाकुरबाबा नगरपालिका ९ नम्बर  वडा कार्यालय भवन निर्माणको लागि स्थानियद्वारा ७ कठ्ठा जग्गा दान

हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ को स्थायी प्रशाशकिय वडा कार्यालय भवन निर्माणका लागि स्थानियले ७ कठ्ठा जग्गा दान गर्ने भएका छन् । स्थानिय समाजसेवी दिनेशचन्द्र गौतम, महेशचन्द्र गौतम, विमलकुमार शर्माढकाल, बलबहादुर बराईली, मेघबहादुर वि.क. र लोकप्रसाद खनालले वडा कार्यालय निर्माणका लागि जग्गा दिने भएका हुन् ।

ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ ले कार्यालयको भवन निर्माण गर्नका लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारालाई मुख्य केन्द्रबिन्दु तोकेर जग्गा दान गर्न चाहने दाताहरुलाई जग्गा दानका लागी अनुरोध सहितको सूचना प्राकाशित गरिएको थियो । सुचनाका आधारमा ९ नम्वर वडाका स्थायी निवासि स्थानीय ६ जना दाताहरुले जग्गा दानका लागि वार्ड कार्यालयमा निवेदन पेश गरेका हुन् । जग्गाको स्थलगत अवलोकन तथा निरीक्षण गर्न आधिकारिक निर्णयका लागि वार्ड अध्यक्ष राधा चौधरीको संयोजकत्वमा गठित कार्यदलले जग्गा दान दिने दाताहरुको निवेदनका आधारमा जग्गाको क्षेत्रफल, सुलभता र सहजता लगाएतका विषयमा रहेर अध्ययन पश्च्यात एक आपसमा कित्ता जोडिएका ३ जना दाता निवेदकको जग्गा स्वीकार गर्ने निर्णय गरेको कार्यदलको संयोजक राधा चौधरीले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ खुसलपटुवा निवासि पूर्व शिक्षक दम्पतीद्वय दिनेशचन्द्र गौतम व्यवस्था कुमारी उपाध्यायले २ कठ्ठा, समाजसेवी महेशचन्द्र गौतमले २ कठ्ठा १० धुर र त्रिभुवन विश्व विद्यालयका पूर्व प्राध्यापक विमलकुमार शर्माढकालले २ कठ्ठा १० धुर गरी जम्मा ७ कठ्ठा जग्गा वार्डको प्रशासकीय भवन निर्माणका लागि दान दिनु भएको कार्यदलका सदस्य रुद्र खड्काले जानकारी दिनुभयो ।

प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनुहुने दातालाई वडा अध्यक्ष तथा कार्यदल संयोजक राधा चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको छ । वडाको समग्र विकासका लागि वडाको स्थायी प्रशासकीय भवनको नितान्त आवश्यक ठानी प्रकाशित सूचना अनुसार चासो तथा महत्वपुर्ण सहयोगको उच्च प्रसंशागर्दै अध्यक्ष चौधरीले दातालाई भोलिका पिढीले समेत सम्झिने गरी एउटा ऐतिहासिक कार्य गरेकोमा वडाले सदैव स्मरण गर्ने बताउनु भएको छ ।

तपाइको मत