fbpx

बालबालिकालाई इन्टरनेटको कुलतबाट बचाऔं

बालबालिकालाई इन्टरनेटको कुलतबाट बचाऔं

डा. रबिन्द्र पाण्डे । कोरोना महामारीसंगै बालबालिकामा इन्टरनेटको कुलत निकै बढेको छ । बानी लाग्ने गेम, भिडियो तथा सामाजिक संजालको कारण अधिकांश बालबालिका कुलतमा फसेका छन् । अनलाइन क्लासले गर्दा यो संख्या निकै बढेको छ ।

होमवर्क गर्दैछु, प्रोजेक्ट गर्दैछु, साथीसंग पढाइको छलफल गर्दैछु .. भनेर । कम्प्युटर तथा मोबाइल फोनमा टाँसिने काम फेसनबाट अघिं बढेर दुर्व्यसनको रुपमा स्थापित भएको छ । यसले गर्दा बालबालिकामा खेल्ने, शारीरिक ब्यायाम गर्ने, घर / छिमेक / आफन्त / साथीसंग कुराकानी गर्ने, आकास र क्षितिज हेर्ने, औंशी र पूर्णिमाको अनुभूत गर्ने, ध्रुब तारा हेर्ने, जंगल तथा झरनामा आनन्द लिने, कल्पना गर्ने, सिर्जनशील हुने, नयाँ कुरा पत्ता लगाउने तथा जीवनको लागि चाहिने सीपको बिकास गर्ने आदि काम पुरै छुटाएका छन् ।

अझ टिकटक पुस्ताको अवस्था झनै भयाबह छ । आफ्नो सम्पूर्ण उदांगो गर्दा भविष्यमा के असर गर्दछ भन्ने कुरा यो पुस्ताले बुझेको छैन । .यी खालका मानसिक प्रदुषण बोकेर हुर्किएको पुस्ता भोलि आफ्नो पेशा तथा जीवनमा असफल हुने सम्भावना अत्यधिक छ । किनकी जीवन भर्च्युवल शैलीले चल्दैन । इन्टरनेट दुर्व्यसनले बिभिन्न शारीरिक, मनोबैज्ञानिक, मानसिक सामाजिक तथा अन्य समस्या सिर्जना गर्नेछ ।

सिक्ने उमेरमा यस्तो कुलतमा फस्नु भनेको अँध्यारो सुरुंगभित्र पस्नु हो । बिद्यार्थी जीवनमा जुन व्यक्ति यो कुलतबाट बच्न सक्छ, पछि देश, समाज तथा पेशाको नेतृत्व उसैले गर्नेछ । अहिले प्राकृतिक जीवन तथा क्यारियरमा निरन्तर लागिरहने थोरै प्रतिशत बालबालिका नै भोलि बैज्ञानिक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, बिभिन्न विषयका बिज्ञ, बिभिन्न पेशाका उच्च पदस्थ हुने पक्का छ ।

इन्टरनेटको कुलतमा नलागेका औसत बालबालिका पनि आफ्नो लक्ष्यमा सजिलै पुग्नेछन् । तसर्थ सम्पूर्ण अभिभावक तथा बालबालिकाले गाँजा / चरेस / ब्राउन सुगरभन्दा घातक इन्टरनेट कुलतबाट बच्ने / बचाउने प्रयास आजबाटै सुरु गरौँ ! भविष्यलाई माया गरौँ ।

तपाइको मत