बर्दिया अस्पताल र प्युठान स्वास्थ्य कार्यालय प्रदेसकै उत्कृष्ट
- शुक्रबार कार्तिक १२ , २०७८
चुरेकुञ्ज, बर्दिया । स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगतिको मुख्य सूचकहरुको मूल्यांकनको आधारमा बर्दिया अस्पताल लुम्विनी प्रदेसकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य कार्यालयतर्फ प्युठान स्वास्थ्य कार्यालय उत्कृष्ट भएको छ । लुम्विनी प्रदेसको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले भब्य कार्यक्रमकाविच ०७७/७८ का उत्कृष्ट स्वास्थ्य संस्थाहरु घोषणागर्दै सम्मानपत्र प्रदान गरेको छ ।
बर्दिया अस्पताल र स्वास्थ्य कार्यालय प्युठान दुवै आर्थिक बर्ष ०७६/७७ मा पनि उत्कृष्ट बनेका थिए । बर्दिया स्वास्थ्य कार्यालयले दोस्रो स्थान पाएको छ । बर्दिया अस्पताल लुम्बिनी प्रदेसका १३ वटा अस्पताल तथा स्वास्थ्य कार्यालय प्युठान १२ वटा स्वास्थ्य कार्यालयहरु मध्येमा उत्कृष्ट छनोट भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । बर्दिया अस्पतालले ७६ दशमलव ०२ र स्वास्थ्य कार्यालय प्युठानले ८० दशमलव २२ अंक प्राप्त गरेका छन् ।
चौथो स्थान हासिल गरेको कपिलवस्तु अस्पताल यस पटक दोस्रो स्थानमा छ भने पाँचौ स्थानमा रहेको राप्ती प्रादेशिक अस्पताल अहिले तेस्रो स्थान प्राप्त गरेको छ । कपिलवस्तु अस्पतालले ७१ दशमलव ७३ र राप्ती अस्पतालले ६६ दशमलव ६७ अंक प्राप्त गरेका हुन् । गिरीले भने गतबर्ष पाँचौ स्थानमा रहेको स्वास्थ्य कार्यालय बर्दिया यस पटक दोस्रो स्थानमा छ । आठौंमा रहेको रोल्पा स्वास्थ्य कार्यालय तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय बर्दियाले ७५ दशमलव ४४ र रोल्पाले ७५ दशमलव १३ अंक प्राप्त गरेका छन् ।
स्वास्थ्य संस्थाहरुमा न्युनतम सेवा मापदण्डको सुचकांक मापनगर्दै उच्चतम अंक प्राप्त गरी बर्दिया अस्पताल प्रथम भएकोमा खुशी ब्यक्तगर्दै अस्पताल प्रमुख डाक्टर सुभाष पाण्डेयले भने अस्पतालमा सुसासन, फोहर ब्यवस्थापन, शून्य बेरुजु, खर्च ब्यवस्थापन, रिर्पोटिंग लगायतका क्षेत्रमा हामीले प्रवाह गरेको सेवाको प्रतिफल पाएका हौं । आगमी दिनमा अस्पतालको थप सुधारात्मक कृयाकलापहरुमा हामी निरन्तरता दिन्छौं । स्वास्थ्यतर्फ खोप, पोषण, निमोनिया, झाडा पखाला, क्षयकुष्ट, मलेरिया, वेरुजु लगायत केन्द्र÷क्षेत्रका निर्देशनहरु पालनको मापदण्डहरु मापन गरिएको हो ।
पाण्डेले थपे हाम्रो मात्र प्रयासले अस्पताल उत्कृष्ट भएको होईन । समग्र स्वास्थ्यकर्मीका सबै टीम, स्थानिय प्रशासन, आम बर्दियावासी लगायत स्थानिय सरकारको सहयोगले हामी सफल भएका छौं । अस्पताललाई दीगो रुपमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सबैको भुमिका अपरिहार्य छ । अस्पतालमा लामो समयदेखि कर्मचारी दरवन्दी अभाव छ । हामीले प्रदेस सरकारसँगपनि माग गरेका छौं । दरवन्दी थपियो भने बर्दिया अस्पतालबाट सबै किसिमका सेवा प्रवाह गर्न हामी सक्षम हुन्छौ पाण्डेले भने ।