fbpx

बर्दियाको गुलरियामा बुढानिलकण्ठ मन्दिरको शिलान्यास

बर्दियाको गुलरियामा बुढानिलकण्ठ मन्दिरको शिलान्यास

चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ४, कैलासनगरमा वुढानिलकण्ठ मन्दिरको शिलान्यास गरिएको छ । वुढानिलकण्ठ मन्दिर दशमामी मठ काठमांडौका मठाधिश्वर स्वामी निगमानन्द महाराजले शिवशक्ती स्वरुप बुढानिलकण्ठ नारायणको मन्दिर शिलान्यास गरेका छन् ।

काठमांडौ स्थित शिवपुरी फेंदीमा अवस्थित हरिहर स्वरुप बुढानिलकण्ठ नारायणको प्रतिविम्वका रुपमा बर्दियामा शिवशक्ती स्वरुप नारायण निर्माणका लागि शिलान्यास गरिएको मठाधिश्वर महाराजले बताए । मन्दिर छोटो समयमै निर्माण सम्पन्न हुने आशा ब्यक्त गरे । शिवशक्ती स्वरुप बुढानिलकण्ठ मन्दिर निर्माणमा बर्दियावासी सनातनीहरुलाई सहयोगको लागि अपिलगर्दै गुलरिया नगरपालिकाको कैलाशनगर बैकुण्ठधाम बन्ने विस्वास ब्यक्त गरेका छन् ।

बुढानिलकण्ठको मन्दिर काठमांडौ, पोखरापछि बर्दियामा निर्माण हुन थालेको छ । ४ कठ्ठा जमिनमा निर्माण हुन लागेको मन्दिरको अनुमानित लागत १ करोड रुपैया रहेको बुढानिलकण्ठ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजु भण्डारीले बताए । १६ लाख रुपैयाको लागतमा भारतको राजस्थानमा बुढानिलकण्ठसहित पाञ्चायन मूर्तिहरु निर्माणको लागि अर्डर भैसकेको छ । जिल्लाका स्थानियहरुलाई मन्दिर निर्माणमा सक्दो सहयोग गर्न भण्डारीले आब्हान गरेका छन् ।

उद्घाटन कार्यक्रममाबोल्दै गुलरिया नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष रामबहादुर रावलले मन्दिर निर्माणको लागि वडाले भरपूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा विश्वहिन्दु महासंघ बर्दियाका अध्यक्ष देवेन्द्र सिग्देलले धर्म रक्षाका लागि मठमन्दिर निर्माण गर्न लागिएकाले महासंघले पूर्ण सहयोग गर्ने बताए । कार्यक्रममा सुनौलो महिला सहकारी संस्थाकी अध्यक्ष ईन्दिरा सुवेदीले मन्दिरको जमिन बढाउनु पर्नेमा जोड दिएकी थिईन् ।

तपाइको मत