fbpx

एमाले गुलरिया नगर कमिटिको अध्यक्षमा खड्का सर्वसम्मत

एमाले गुलरिया नगर कमिटिको अध्यक्षमा खड्का सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी एमाले बर्दियाको ५ वटा पालिकाको निर्वाचन सर्वसम्मत सकिएको छ । ठाकुरबाबा नगरपालिकामा निर्वाचन शुरु भैसकेकोले छलफलको क्रम जारी छ । बाढीका कारण दुईवटा पालिकाको निर्वाचन हुन सकेको छैन ।

नेकपा एमाले गुलरिया नगर कमिटिमा अमरबहादुर खड्का सर्वसम्मत चयन भएका छन् । मधुवन नगरपालिकामा दुर्गा बहादुर ओली, बारबर्दिया नगरपालिकामा जगन्नाथ कंणेल, बाँसगढी नगरपालिकामा सुन्दर ढकाल निर्विरोध चयन भएको नेकपा एमाले गुलरिया नगरकमिटिका नवर्निवाचित अध्यक्ष अमरबहादुर खड्काले बताए । ठाकुरबाबा नगरपालिकामा जीवन शाही र भिक्कुराम चौधरी उपर छलफल भैरहेको छ ।

त्यस्तै बढैयाताल गाउँपालिकाको कमिटिमा प्रेम थापा चयन भएका हुन् । कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा अधिवेशन भएको छैन । बाँकी पालिकामा पनि चाडै अधिवेशन हुने खड्काले जानकारी दिए । नेकपा एमाले बर्दियाका सबै वडा कमिटिहरु सर्वसम्मत रुपमा चयन भैसकेका छन् । नेकपा एमालेको केन्द्रिय महाअधिवेशन र स्थानियतहको निर्वाचन पछि जिल्लाका बाँकी निर्वाचनहरु हुने खड्काको भनाई छ ।

तपाइको मत