समृद्धिको अधिकार अब काँग्रेसलाई : पूर्वमन्त्री दहित
- बुधबार कार्तिक १० , २०७८
चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व भुमिसुधार मन्त्री गोपाल दहितले देशको समृद्धि गर्ने अधिकार जनताले अब काँग्रेसलाई दिनुुपर्ने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति बर्दियाले आयोजना गरेको नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथी दहितले समृद्धिको अधिकार पाएको बहुमतको कम्युनिष्ट सरकार असफल भएकाले अब काँग्रेसलाई बहुमतको अबसर दिनुपर्ने बताए ।
जनताले अब दिने बहुमतलाई आत्मसातगर्न काँग्रेसले आफूलाई सुदृढ, अनुशासित बनाउँदै संगठित रुपमा अघि बढाउन १४ महाधिवेशनलाई एकताको संदेस दिनुपर्ने औल्याए । एकताको महाधिवेशनको रुपमा सफल बनाउन नेतृत्व पंक्ती जत्तिकै तरुण दलको पनि भुमिका रहने नेता दहितको भनाई छ । एकता, उर्जाशिल, सक्षम र काँग्रेसलाई आगामी निर्वाचनमा दुई तिहाई नेतृत्व लिने बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउनु आजको आवस्यकता हो ।
दुई तिहाईको कम्युनिष्ट सरकारले आफ्नो खुट्टामा आफै बञ्चरो हानेर देशका जनतालाई धोका दिएको स्मरणगराउँदै समृद्धिको लागि युवाहरु अघि बढ्नुपर्ने धारणा ब्यक्तगरे । युवाहरुले अघिल्लो पुस्तालाई औंला ठड्याएर मात्र भविष्य खोजे त्यसबाट प्राप्त भविष्य धेरै पछाडी पर्ने सुझाए । समृद्धिको लागि युवा पुस्ताले सुझबुझ त्याग र बलिदान सहितको संघर्षगर्दै अवसर प्राप्तगर्न डटेर खट्नुपर्नेमा जोड दिए । संघर्षको पाटो युवाको काँधमा भएकाले लोकतन्त्र, राष्ट्रियता लगायत उत्पिडित बर्गका लागि आफूले निकै संघर्ष गरेको सुनाए ।
नेपाल तरुणदल बर्दियाका अध्यक्ष कृष्ण जैसीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मंगलप्रसाद थारुले आफ्नो धारणाराख्दै मनमुटाव र तिक्तता हटाउँदै पार्टी सुदृढ गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा तरुणको महत्वपूर्ण भुमिका रहेको स्मरण गराउँदै त्यसलाई जीवन्त राख्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका सहभागी वक्ताहरुले शुभकामना मन्तब्य मार्फत काग्रेसको गरिमा जोगाउनु पर्नेमा जोड दिएका छन् ।