ताराताल सानाकिसान सहकारीले बाख्रा पालनमा सहयोग गर्ने
- सोमबार कार्तिक ८ , २०७८
मुरली गोडिया, बर्दिया । उत्पादन मुलक गठबन्धनमा आधारित उन्नत बाख्रापालन तथा खसीबोका उत्पादन उपआयोजनाको प्रथम सार्वजनिक सुनुवाई गरिएको छ । श्रीताराताल साना किसान कृषी सहकारी संस्था लिमिटेड, मधुवन नगरपालिकाको अयोजना र एनएलएसआईपी बुटवलको आर्थिक सहयोगमा संचालित संयुक्त आयोजनाको अगामी कार्यक्रमका बारेमा जानकारी गराइएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य कुलप्रसाद पोखे्रलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उन्नत बाख्रा पालन तथा खसीबोका उत्पादन उपआयोजनाका व्यवस्थापक राजन थापाले प्रतिवेदन पेश गर्नु भएको थियो । सुधारिएको बाख्रा, बोका, पाठापाठीको खोर निर्माण, खसि बोका संकलन केन्द्र, कम्पोष्ट पिट संकलन केन्द्र, कम्पोष्ट पिट लगायत कुल भौतिक पुर्वाधारको लागत ७९ लाख ८७ हजार ६ सय ९७ कुल रकम रहेको छ भने लागत अनुमान र लागत साझेदारी आयोजनाको रकम ६१ लख ४३ हजार ४ सय रहेको थापाले बताउनु भयो ।
सो क्षेत्रका स्थानिय कृषकका लागी संचालन हुने बाख्रापालन कार्यक्रमको संचालन प्रक्रीया, स्थानियले गर्नुपर्ने कार्य लगायतका बारेमा मधुवन नगरपालिकाका पशुशाखा प्रमुखले प्रष्ट पार्नु भएको थियो । श्री ताराताल साना किसान कृषी सहकारी संस्था लिमिटेडका प्रमुख प्रेम प्रसाद तिमिल्सेनाको सभापतित्वमा भएको प्रथम सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधी, सुरक्षाकर्मी, किसान लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम बारे जानकारी गराउँदै उपआयोजनाका व्यवस्थापक थापाले पशुजन्य पूँजिगत लागत, कुल पशुजन्य, कुल मेशिनरी तथा उपकरण लागत, जम्मा कच्चा पदार्थ लगायतको लागत गरि कुल लागत २ करोड रहेको संस्थाका प्रबन्धक डम्बर बहादुर केसीले जानकारी दिनु भयो । कुल २ करोड लागत रकम मध्ये संस्था र आयोजकले आधाआधा ब्यहोर्ने उहाँले जानकारी दिनु भयो ।